neapl investment mega bank

अण्डाको मूल्यमा भारी गिरावट

Feb 9th, 2026

काठमाडौं, माघ २६

नेपालमा अण्डाको मूल्यमा भारी गिरावट भएकाे छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी नयाँ घटाइएको समर्थन मूल्य सार्वजनिक गरेको हो।

घरेलु उत्पादनमा उल्लेख्य वृद्धि भएको र भारतबाट ठूलो परिमाणमा अण्डा आयात भइरहेका कारण बजारमा आपूर्ति बढ्दा मूल्य घटेकाे हाे ।

नयाँ मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटा) ३७५ रुपैयाँ र मिडियम अण्डा ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ रुपैयाँ र मिडियम ४०५ रुपैयाँमा कारोबार भएको थियो। त्यसभन्दा पहिले माघ ११ गते ठूलो ४९५ रुपैयाँ र मिडियम ४७५ रुपैयाँसम्म पुगेको थियो।