आधारभूमि, पौष २६ ललितपुर ।
ललितपुरको चाङ्गाथलीमा रहेको चाङ्गाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको खबर छ । साधारण सभा खानेपानीका अध्यक्ष रामकृष्ण बस्नेतको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।
सभाको प्रमुख अथिति महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले गरेकी थिइन भने विशेष अथितिहरु मनपा वडा नं. ७ का अध्यक्ष बाबुराजा महर्जन, नेकपा एमालेका नगर सभापति नकुल थापा, नेपाली कम्युनिष्ट पार्टीका मंगल महर्जन, नेपाली काँग्रेसका इकाइ सभापति पबन कार्की, समितिका सल्लाहकार श्याम कृष्ण महर्जन, कानूनी सल्लाहकार रामहरि श्रेष्ठ, सल्लाहकार सुरेश बस्नेत, गुप्तेश्वर मंदिर संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठ, जेष्ठ नागरिकका अध्यक्ष चन्द्र बा. श्रेष्ठ आधारभूमि डट कमका अध्यक्ष बलराम वाग्ले लगायत बिभिन्न संघ संस्थाका महानुभावहरुका माझ सम्पन्न भएको थियो ।