काठमाडौं, पुस २२
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको छ।
अघिल्लो दिनको तुलनामा बजार सकारात्मक रहेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
सोमबार ६ अर्ब ४७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३३४ कम्पनीका १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा कुल ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ९.५ प्रतिशतभन्दा बढी र हिमालयन ८०–२० को इकाई मूल्य करिब ७.५ प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएको रु रु जलविद्युत परियोजनाको शेयर मूल्य सर्वाधिक ८.४१ प्रतिशतले घटेको छ।
एसवाई प्यानल नेपालको २४ करोड ८८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएर शीर्ष स्थानमा रहेको छ। बुटवल पावर कम्पनीको २३ करोडभन्दा बढी र शिवम् सिमेन्ट्सको २३ करोड नाघ्ने कारोबार भएको छ।
१३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटाको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सामान्य घटेको छ।