neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स सन्तुलित योजनाको लागि माग गरे भन्दा बढी रकमको लागि आवेदन प्राप्त

सिटिजन्स सन्तुलित योजनाको लागि माग गरे भन्दा बढी रकमको लागि आवेदन प्राप्त

Jan 5th, 2026

काठमाडौं, पुस २१

सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने रु १ अर्व आकारको चौथो बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना” को इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्पा भई योजनाको सार्वजनिक निष्काशन तथा बिक्री गही मिति २०८२ पौष ४ गतेदेखि पौष १८ गतेसम्म खुल्ला गरिएकोमा प्रारम्भिक विवरण अनुसार सो अवधि भित्र सर्वसाधारण तथा संस्थागत लगानीकताहरुबाट १ अर्थ २५ करोड भन्दा बढी अर्थात माग गरे भन्दा २५ प्रतिशत बहि रकमका लागी आवेदन पर्न गएको छ। साथै सिटिजन्स क्यापिटल लिमिटेडबाट सचालन हुने यस योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्ड मध्य एक हुन सफल भएको छ। यस योजना प्रति आम लगानीकर्ताहरुको आकर्षण तथा उल्लेखनिय सहभागिताले सिटिजन्स ब्यापिटल लिमिटेड नेपालको पूंजी बजारमा एउटा दक्ष व्यवसायिक तथा विश्वसनीय सस्थाको रुपमा स्थापित रहेको प्रतिबिम्बित भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल सि को सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहनु भएको छ।

सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी (Fund Manager), लगानी व्यवस्थापन सेचा (Portfolio Management Service-PMS) धितोपत्र प्रत्याभुति (Share Underwriting), विशीपत्र निष्काशन तथा बिक्री प्रत्रनाक (Issue & Sales Management Service) होयर रजिष्टार सेवा (Share Registrar) र सस्थागत परामर्श सेवा (Advisory Service) जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको संस्था हो । कम्पनीले आगामी दिनहरुमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधि तथा लगानी मैत्री सेवाहरु सँगै लगानीकर्ताहरुलाई विश्वसनीय तथा प्रतिस्पधी सेवाहरु प्रदान गर्दै गर्ने छ र निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका योजनाहरु सञ्चालन गरिनुका साथै हाल सञ्चालनमा रहेका योजनाहरुमा र लगानी व्यवस्थापनमा उच्च प्रतिफल प्रदान गर्ने उद्देश्यले कार्यरत रहने प्रतिबद्धता व्यक्त गर्दछ ।