neapl investment mega bank
  • गृहपृष्ठ
  • राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न

राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न

Dec 29th, 2025

काठमाडौं, १४ पुस

राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न भएको छ । आज स्वर्गीय राजा शान्ति प्रतिष्ठानसहित विभिन्न संघ÷संस्थाको आयोजनामा राजा वीरेन्द्र विरविक्रम शाहदेवको ८१औं जन्मजयन्तीकोे अवसरमा ललितपुरको जवलाखेल स्थित राजा वीरेन्द्रको शालीक तथा तस्बीरमा माल्यार्पण गरि मनाइएको हो । विश्वमा आशान्ति र देशमा राजनीतिक ध्रुविकरण बढ्दै गएको अवस्थामा देशमा स्थायी शान्तिको कामना सहित राजा वीरेन्द्रको शासन कालमा भए÷ गरेका योगदानको चर्चा गरिएको छ । राजा वीरेन्द्रले नेपाल र नेपाली जनताप्रतिको ठूलो योगदान गरेको प्रतिष्ठानका अध्यक्ष शिबहरि खनालले बताए । उनले राजा वीरेन्द्र सरल, शालीन र जनताप्रति संवेदनशील राजा भएको चर्चा गर्दै राजा वीरेन्द्रले जनताको जीवनस्तर उकास्न र राष्ट्रिय एकता सुदृढ गर्न विभिन्न विकास परियोजनाहरूको सुरुवात गरेको बताए । वीरेन्द्रले क्षेत्रीय विकासको अवधारणाले देशको समग्र विकासमा योगदान पु‍¥याएको र उनको शासनकालमा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा महत्वपूर्ण प्रगति भएको अध्यक्ष खनालेले बताए । राजा वीरेन्द्रको शासनकालका नेपालको प्रशासनीक, शान्ति र कुटनीतिक विस्तारमा ठूलो उपलब्धिहरु भएको अध्यक्षको खनालेले बताए ।

यस्तै, सचिव रञ्जित धमलाले सन् १९७३ राजा वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव भएको बताउँदै सो प्रस्तावबाट नेपाललाई अन्तर्राष्ट्रिय द्वन्दबाट टाढा राख्दै शान्ति र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा पनि राजा वीरेन्द्र योगदान रहेको बताए ।

वि.स. २०४६ जनआन्दोलनको मागलाई स्वीकार्दै राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्र पुनःस्थापना गरि नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ दिशा अवलम्बन गर्न सो कदमले सहयोग पुगेकोले उनको जनताप्रतिको संवेदनशीलता र प्रजातन्त्रप्रतिको सम्मान थियो भन्ने दर्शाएको बताए ।

राजा वीरेन्द्रले नेपाल अधिराज्यको संविधान २०४७ को घोषणास् नयाँ संविधानमार्फत नेपाललाई संवैधानिक राजतन्त्र र प्रजातान्त्रिक शासन प्रणालीमा प्रवेश गराउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण छ । समाजसेवी कमला पौडेलले शान्तिप्रिय तथा विकासवादी राजा वीरेन्द्रले विश्व समुदायमा नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव गरेको कार्य सराहना गर्दै उहाँलगायत परिवारको रहस्यमय हत्याले समग्र नेपालीलाई चिन्तित बनाएको बताए । प्रतिष्ठानले राजा वीरेन्द्रको योगदान र उहाँप्रतिको सम्मानलाई जीवित राख्न, उहाँको जन्मजयन्ती तथा पुण्यतिथिमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।