neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौँ महानगरकाे हालसम्मकाे खर्च १८.४९ प्रतिशत मात्र

काठमाडौँ महानगरकाे हालसम्मकाे खर्च १८.४९ प्रतिशत मात्र

Dec 26th, 2025

काठमाडौं, पुस ११

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को पुस ९ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको छ। महानगरको १८औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले नगर सभामा प्रतिवेदन पेश गर्दै बजेटको हालसम्मको खर्च विवरण प्रस्तुत गरेकी छन्।

प्रतिवेदनअनुसार, कुल २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेटमध्ये हालसम्म जम्मा १८.४९ प्रतिशत मात्रै खर्च भएको छ। चालू तर्फ २४.४४ प्रतिशत र पुँजीगत विकासतर्फ १२.३९ प्रतिशत खर्च भएको देखिन्छ।

खर्चको प्रकृति हेर्दा सबैभन्दा बढी प्रशासनिक क्षेत्रमा ४५.९९ प्रतिशत खर्च भएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन्।