१० पुस, काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।
पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । उनले हिजोमात्रै झापामा आयोजित क्षेत्रीय भेलामा नै आफूले उम्मेदवार बन्न चाहनेलाई दाबी गर्नका लागि भनेको पनि बैठकमा सुनाए ।