neapl investment mega bank
  • गृहपृष्ठ
  • “आइक्यानको नेतृत्वमा नेपालमा आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकन”

“आइक्यानको नेतृत्वमा नेपालमा आरओएससी लेखांकन तथा लेखापरीक्षण मूल्यांकन”

Dec 21st, 2025

काठमाडौं,२१ डिसेम्बर २०२५
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपालका लागि ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी)–– लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा प्रमुख राष्ट्रिय समकक्षीका रूपमा मान्यता पाएको छ । नेपाल सरकारको अनुरोधमा विश्व बैंक समूह र एसियाली विकास बैंकले आइक्यानसँगको सहकार्यमा उक्त मूल्यांकन गरिरहेका छन् ।

विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकनको उद्देश्य नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरणको मूल्यांकन गर्नु, विद्यमान कमीकमजोरी र चुनौतीहरू पहिचान गर्नु तथा पारदर्शिता, जवाफदेहिता र लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक सुधारसम्बन्धी सुझाव सिफारिश गर्नु हो । नेपालले वित्तीय सुशासन सुदृढ गर्ने, निजीक्षेत्रको दिगो लगानी आकर्षित गर्ने र सबै आकारका व्यवसायका लागि वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने प्रयास गरिरहेको बेला यो पहल अत्यन्तै महत्वपूर्ण समयमा अघि बढेको छ ।

रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनले लागू हुने लेखांकन तथा लेखापरीक्षणका मापदण्डहरू, नियामक तथा संस्थागत संरचना, व्यावसायिक शिक्षा तथा तालिम प्रणाली, अनुपालना र कार्यान्वयन संयन्त्रहरू तथा वास्तविक अभ्यासहरूको समीक्षा गर्नेछ । अन्तर्राष्ट्रिय उत्तम अभ्याससँग मेल खाने यसका निष्कर्ष र सिफारिशहरूले नेपाललाई संस्थागत क्षमता र वित्तीय प्रतिवेदन प्रणालीलाई अझ सुदृढ गर्न सहयोग पु¥याउनेछन् ।
नेपालका लागि यसअघिको आरओएससी ए एन्ड ए मूल्यांकन सन् २०१५ मा सम्पन्न भएको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय असल अभ्याससँग मेल खाने किसिमको अभ्यासमा उल्लेखनीय प्रगति गरेको छ ।

प्रमुख सुधारहरूमा सूचीकृत कम्पनी, बैंक, बीमा कम्पनी तथा सरकारी स्वामित्वका संस्थानहरूमा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) कार्यान्वयनमार्फत अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आइएफआरएस) सँग पूर्ण मेल खाने किसिमको अभ्यास; नेपाल लेखापरीक्षण मापदण्ड (एनएफआरएस) जारी गरी अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड (आइएफआरएस) अवलम्बन; लेखापरीक्षणको गुणस्तर अभिवृद्धिका लागि नेपाल गुणस्तर नियन्त्रण मापदण्ड (एनएसक्युसी १) र विद्वत् समीक्षा संयन्त्रको कार्यान्वयन; तथा अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आइइएस) र आइएफएसीका कर्तव्यअनुरूप व्यावसायिक शिक्षा र निरन्तर व्यावसायिक विकासको सुदृढीकरण समावेश छन् ।

यी सुधारहरूले नेपालको वित्तीय प्रतिवेदन संरचनामा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता उल्लेखनीय रूपमा बढाएका छन् । आरओएससी ए एन्ड ए मूल्यांकनले अन्तर्राष्ट्रिय मापदण्डहरूको परिपालनाको अवस्था मूल्यांकन गर्ने, नेपालको प्रगति उजागर गर्ने र बजारको विश्वास थप बलियो बनाउन तथा दिगो आर्थिक वृद्धिलाई समर्थन गर्न रणनीतिक सिफारिशहरू गर्नेछ ।

‘यो मूल्यांकन नेपालको वित्तीय क्षेत्रका लागि एउटा कोसेढुंगा हो । यसले एक दशकको सुधारहरूलाई मान्यता दिएको छ र नेपाललाई विश्वव्यापी लगानीका लागि विश्वसनीय एवं भरोसायोग्य गन्तव्यका रूपमा स्थापित गर्छ । आइक्यान अन्तर्राष्ट्रिय मापदण्डअनुरूप लेखांकन तथा लेखापरीक्षण अभ्यासमा उत्कृष्टता प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ संस्थाका अध्यक्ष निलबहादुर सारु मगरले भन्नुभयो ।
आइक्यानले यो राष्ट्रिय प्राथमिकताप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै नियामक निकायहरू, व्यावसायिक संस्थाहरू, शैक्षिक तथा निजी क्षेत्रलगायत सबै सरोकारवालालाई सफल मूल्यांकनका लागि सक्रिय सहकार्य गर्न र नेपालको वित्तीय सुशासन संरचनालाई थप सुदृढ गर्न आह्वान गरेको छ ।