भक्तपुर, मंसिर २३
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दको १०१ विभिन्न साहित्यिक सामाजिक संस्थाहरूले भक्तपुर लोकन्थली थिमी चन्दनिवासमा सामूहिक अभिनन्दन गरेका छन् ।
साहित्यिक पत्रकार संघ मूल आयोजक र सहआयोजक तारा किशन फाउण्डेसन, र नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सह आयोजक श्रीओम श्रेष्ठ , किशन सिंह धामी र समालोचक प्रमोद प्रधान मञ्चासीन थिए ।
अभिनन्दन मूल समारोहका अध्यक्ष एवं कार्यक्रमका राधेश्याम लेकालीले स्वागत गरेका थिए । सुदूरपश्चिम बैतडीको स्थानीय कलाकारहरू लोक नृत्य छलिया ,बाजागाजासहित सामूहिक अभिनन्दनमा सहभागी भएका थिए ।
सभालाई स्वागत गर्दै लेकालीले “मदन पुरस्कार प्राप्त विशिष्ट सर्जक लोकेन्द्रबहादुर चन्दलाई राजनीतिज्ञभन्दा पनि वरिष्ठ सर्जकलाई जिउँदै सम्मान गर्न थालिएको हो। यस अगाडि वरिष्ठ कलाकार साहित्यिक पत्रकार संघका पूर्व नरेन्द्रबहादुर श्रेष्ठ, कथाकार पद्मावती सिंह, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे ,साहित्यिकपत्रकार नगेन्द्रराज शर्मा लगायतका सर्जकलाई सामूहिक गरिसकेको छ। यो तारा किशन फाउन्डेसनले पूरा सहयोग गरेको छ।”
वरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित व्यक्तित्व सर्जक लोकेन्द्रबहादुर चन्दको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
साहित्यकार श्रीओम श्रेष्ठले अभिनन्दन पत्रमा वाचन गरेका थिए । कुनै पनि देश र जातिको मूल पहिचान भन्नु नै त्यस देशको भाषा, साहित्य, कला र संस्कृति तथा मौलिक परम्परा हुन् । यस कुरालाई मनन गर्दै यसैको जगमा उभिएर आख्यान र निबन्ध सिर्जनाका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान गर्दै आएका बहुआयामिक व्यक्तित्व वरिष्ठ सर्जक लोकेन्द्रबहादुर चन्दलाई विशेष समारोहमा प्रदान गरिएको — अभिनन्दनपत्रमा लेखिएको छ-
“लामो राजनीतिक यात्रामा आफ्नो विशेष पहिचान र योगदान स्थापनाका साथै स्वच्छ र शालीन छवि बनाउन सफल तपाईंले आफ्ना रचना र सिर्जनाका माध्यमबाट नेपाल र नेपाली जनताको हितमा अविचल र अचल रूपमा उभिएर आफ्नो छ दशक लामो सिर्जनयात्रा पूरा गर्नुभएको छ ।
यस समयमा कथा, उपन्यास र हास्यव्यङ्ग्य निबन्ध सिर्जनाका माध्यमबाट नेपाल र नेपाली समाजलाई पुऱ्याउनुभएको योगदान अविस्मरणीय र महत्त्वपूर्ण रहेको छ ।