भेदभाव ,अपहेलना , कुसंस्कार तोडनुपर्छ
मानव जाति एकै हौ चेतना सबैमा हुनुपर्छ
घरकी बुहारीलाई पनि छोरिको जस्तै सम्मान गर्नुपर्छ
समाजमा छोराछोरी बिच भेदभाव किन हुन्छ रु
सबै जना सचेत बनौ समाजमा ज्ञानको ज्योती छरौ
कुसंस्कार ,कुसंस्कृति सबै मिलेर तोडौ
हत्या,हिंसा ,बलत्कारलाई जरै बाट फाल्नुपर्छ
पुरूष र नारी बिचको विभेद हटनुपर्छ
नजन्मिदै गर्भमा छोरी मार्ने चलन हटनुपर्छ
चुप नबस्नुहोस अन्याय सँग लडनुपर्छ
जाग उठ नारी चेलिहरु अब जाग्नुपर्छ
अब महिला ,पुरुष स्वतन्त्र रुपले बाच्नुपर्छ
छोरी घरको अमुल्य गहना हुन सम्मान गर्नुपर्छ
दाइजो प्रथा यो समाज बाट हटनु पर्छ
सभ्य समाजको पहिचान बनाउनुपर्छ
घरेलु हिंसा किन हुन्छ चिन्ताको बिषय छ
हिंसा रहित समाज निर्माण गर्न कदम चाल्नुपर्छ
भेदभाव कसैलाई नगरौ यो कुरा सिक्नुपर्छ
संसारभरीका महिला पुरूष अब उठनुपर्छ
महिला ,पुरुषको हकहित सुधार हुँदै जानुपर्छ
समाजमा जहिले पनि राम्रो सन्देश छर्नुपर्छ
अब हातमा हात मिलाएर अगाडि बढनु पर्छ
अब लैङ्गिक हिंसाको अन्त्य गर्नुपर्छ
समानता तर्फ कदम अगाडि चाल्नुपर्छ
लेखक: गाेबिन्द राज ओझा (राजन)