काठमाडौं, मंसिर १५
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई पितृ शोक परेको छ ।
आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएका रामनारायण शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको छ ।
शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।