काठमाडौं, मंसिर १४
जेन जी तथा विज्ञहरूको गोलमेच सम्मेलनले चुनावले निकास नदिने साझा धारणा व्यक्त भएको छ । सनिवार योङ इण्डिजिनिष्ट लिग सर्भ एण्ड सेभ डिभिजनले आयोजना गर्दै आएको एक अपूर्ण क्रान्ति विभाजन भन्दा परः जेन जी गोल मेचको दोश्रो श्रृखलामा सहभागी १२ भन्दा धेरै जेन जी समूह तथा विभिन्न विज्ञहरुले उक्त धारणा राखेका थिए ।
आयोजकको तर्फबाट राखिएका प्रस्तुतिमा जेन जी आन्दोलनले विना नेतृत्व सत्ता परिवर्तन गर्न सके पनि उनिहरूले किन रणनीतिक योजना सहित मुलुकको समाधान गर्न सकि रहेको छैन भन्ने प्रश्नबाट सुरु भएको गोलमेचमा जेन जी नेतृत्वहरूले ८४ को चुनाव ८२ मा सार्नको लागि युवाहरुले सहादत नदिएको धारणा व्यक्त गरेका थिए । जेन जी उपार्जन चाम्लिङले आफूहरू चुनावमा जानुको विकल्प नभएको र त्यसो नभएमा कि संसद स्थापना हुन नभए निरङकुशता लागु हुने अवस्था रहेको बताए । घाइते सुमन बोहोराले आफुहरू अस्पतालमा रहेको वखत जेन जी नेतृत्वहरूले घाइते र शहिदको भावना विपरित काम तथा सम्झौताहरू गरेको बताए ।
कार्यक्रममा पूर्व सांसद सरित गिरिले दावा गरे कि आज ८० जना हाराहारीको सहादतबाट सरकार बनेको छ तर यदि चुनाब भएमा दश बर्ष पछि आजको भन्दा दुई गुणा जनाभन्दा धेरै हत्या गर्ने विद्रोह अवसम्भावी हुने दावा गरे । उनले शुसिला सरकार चुनाव गराउन भन्दा पनि जेन जी विद्रोहले उठाएको माग तथा उक्त क्रममा भएको हिंसाको लागि सम्बन्धीत नेतृत्वहरुलाई जिम्मेवार बनाउन लाग्नु पर्ने दावा गरे । उनले लोकतन्त्र भनेको चुना नभै न्यायको सुनिश्चिता रहेको बताए । उनले शुसिला सरकार त्यस तर्फ नलागेकोले जेन जी मुभमेन्टलाई जनक्रान्ति तर्फ अगाडी बढाउन आग्रह गरे । भुराजनीतिक विज्ञ चन्द्र गिरिले पनि विगत देखी नै प्रहरी र सुरक्षा निकाय अझ हिंसक भएको र हत्याको दर निरन्तर बढी रहेको दावा गरे । उनले देश हाल सम्म पनि आफै उभिन नसक्ने अवस्थमा रहेको र हालको जेन जी मुभभेन्ट पश्चात शक्ति कहाँ छ र कसले चलाइ रहेको छ भन्ने अन्योलता बढेको बताए । उनले दावा गरे कि यदि जेन जी मुभमेन्टले सहि दिशा दन नसके नेपाल जेलेन्स्कीले चलाएको युक्रेन जस्तो अवस्थामा पुग्ने खतरा रहेको बताए ।
राष्ट्रिय मुक्ति क्रान्तिका मुख्य रणनीतिकार बुद्धछिरिङ मोक्तानले हालको चुनाव अग्रगमन नभै यथास्थितीवादलाई निरन्तरता दिने कदम रहेको बताए । उनले हालको सरकार जलिसकेको २०७२ को संविधान मार्फत पून यथास्थितीवादी शक्तिहरूलाई शक्ति हस्तान्तरण गर्ने प्रकृयामा रहेको र यसो भएमा यथास्थिती मात्र नभै पश्चगमन हुने दावा गरे । यदि देश पश्चगमनमा गए फेरी यो देशमा हतियार उठ्न सक्ने दावा गरे । कार्यक्रममा विज्ञहरू निष्णु थिङ, आदिवासीहरुको एसियाली युवासंघका संयोजक सुप्रिया राई, डा. विदुप्रकाश कायस्थ, बौद्धनाथ क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक राजकुमार लामा लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा योङ इण्डिजिनिष्ट लिग सर्भ एण्ड सेभले गरेका विभिन्न सहयोग तथा भावि योजनाको बारेमा सुजता श्री तथा दिनेश शाहीले प्रस्तुत गर्नु भएको थियो भने गोलमेचको सहजीकरण जेनिसा जुनियारले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा योङ इण्डिजिनिष्ट लिगका कमाण्डर सनम लिम्बुले जेन जि माथिको प्रहारलाई बचाउ गर्ने र राण्नीतिक मार्गदर्शन गर्ने प्रतिवद्धता अनुरुप यो कार्यक्रम आयोजना गरेको र विद्रोहलाई संस्थागत गर्नको लागि यो श्रृखलालाई निरन्तरता दिने बताउनु भयो ।