काठमाडौं, मसिर ११
इलेक्ट्रिक चुरोट (भेप) र ब्रेक–सुमा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार यो आदेश जारी गरेको हो।
यसअघि काठमाडौँ जिल्ला अदालतले गत असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हाेस्याङ लगायतले भेप र ब्रेक–सुमा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा महराको संलग्नता रहेको दाबीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको थियो।