neapl investment mega bank

साढे ४ अंकले बढ्यो नेप्से

Nov 27th, 2025

काठमाडौं, मंसिर ११

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ४ अंकले बढेको छ । सेसन अवधिमा नेप्से ४.५० अंकले बढेर २६७०.१० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.५४ अंक बढेको छ।

प्रि सेसनमा ६० वटा कम्पनीको कारोबार हुँदा २७ वटाको मूल्य बढ्यो भने २८ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थितर रहेको छ ।

सेसन अवधिमा ८ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा ३६ लाख, ७ हजार ९१ रुपैयाँ ३७ पैसा बराबरको कारोबार भएको छ ।