neapl investment mega bank
  • गृहपृष्ठ
  • गरिमा विकास बैंकको १९ औं वार्षिकोत्सव, १९ स्थानमा सामाजिक कार्यक्रम

गरिमा विकास बैंकको १९ औं वार्षिकोत्सव, १९ स्थानमा सामाजिक कार्यक्रम

Nov 23rd, 2025

काठमााडाैं, मंसिर ७

काठमाडौं। प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहको गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सव मनाएको छ ।

मंसिर ७ देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको हो।

बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ ।

बैंकले १९औँ वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।

त्यसैगरी “स्वस्थ जीवनशैली का लागि खेलकुुद” भन्ने नाराका साथ विकास बैंकले हिजो मिति २०८२ मंसिर ६ गते गरिमा रोड रेस अन्तर्गतको दोश्रो संस्करण गरिमा रोड रेस, २०८२ समेत सफलतापूर्वक सम्पन्न गरेको छ जसमा १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो । विकास बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।