काठमाडौं, मंसिर २
राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा मिति २०८२ कार्तिक ३० गते केन्द्रीय कार्यकारिणी समिति र मिति २०८२ मंसिर १ गते केन्द्रीय समितिको बैठक बसेको छ। यस बैठकले पार्टी स्थापना भएको विगत ९ महिनाको संघर्षमा हासिल गरेको राजनीतिक प्रगतिको मूल्यांकन गर्दै, नयाँ नेपाल निर्माणका लागि ‘स्वदेशवाद’ को वैचारिकी र राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा अनुरूपको रणनीति तथा कार्यक्रमहरूको तय गरेको छ। पुराना राजनैतिक दलको साम्यवादी र उदारवादी, जस्ता औपनिवेशिक वैचारिकीले दशकौंदेखि थोपारिएको औपनिवेशिकताका कारण देशमा राज्य र नागरिक विच सम्वन्ध टुटन गएको छ।
जेन जी क्रान्ति त्यसैको परिणाम हो। यो क्रान्तिले पनि हामीले भन्दै आएको औपनिवेशिक बैचारिक चिन्तन र सत्ता-सङ्घर्षको पर्दाफास गर्यो। औपनिवेशिक विदेशी विचारधाराहरुबाट देश मुक्ति खोजिरहेको
बखत पुराना विचार बोकेको दलहरु, कार्की सरकार एवं जेन जी क्रान्ति पछी देखिएका नयाँ दलहरुमा देखा पर्न गएको
वैचारिक-सैद्धान्तिक संकट अहिले नेपाल र नेपाली समाजको निम्ति सबैभन्दा खरानाक रहेकोले मुलुक अहिले शक्ति-शून्यताको संक्रमणकालमा छ। पुरानो संरचना ढल्दैछ र नयाँ विचार सहितको बिकल्प जन्मन सकिरहेको छैन। त्यस्तो विकल्पको अभावले दिशा अनिश्चित बनेको ठहर गर्दै बैठकले निम्नानुसार निर्णय गरेको छ।
१) जेन-जी क्रान्तिपछि सिर्जिएको ऐतिहासिक संक्रमणकालीन अवस्थामा देशलाई वास्तविक परिवर्तन, संरचनागत सुधार र स्वदेशी मूल्यमा आधारित नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने तथा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा अनुरुप मुक्तिको निम्ति वास्तविक दिशाजनतामा पुर्याउन आसन्न फागुन २१ गतेको निर्वाचन उपयोग गर्ने निर्णय गरेका छ। हाम्रो लक्ष्य केवल सत्तामा पुग्ने होइन, बरु औपनिवेशिक मानसिकता, एकल राष्ट्रियता र भ्रष्ट संरचनालाईविस्थापन गरी स्वदेशीय सभ्यता, बहुल सांस्कृतिक पहिचानमा आधारित संघीय संरचना, सुशासन र आर्थिक समृद्धिको नयाँ मोडल स्थापना गर्ने हो।
यस निर्वाचन मार्फत हामी उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा संगठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि जनादेश लिनेछौं, राष्ट्रिय मुक्तिको संदेश जनजनमा पुर्याउने छौं । जेन-जी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने यो हाम्रो ऐतिहासिक दायित्व हो। त्यसैले राष्ट्रिय मुक्ति पार्टी नेपालले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
२) राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरुसंग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरुसंग छलफल जारी नै रहेकोले यथासिघ्र टुङो लगाउने र सहमत हुने दलसँग सहकार्य गरि चुनावी प्रयोजनको लागि दल दर्ता पनि गर्ने निर्णय गरियो। साथै अन्य पार्टी र मोर्चाहरुसंग चुनावी तालमेल पनि गर्ने निर्णय गरियो।
३) पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट र केन्द्रिय कार्यालयमा उम्मेदवार सिफारिशको प्रक्रिया पारदर्शी, समावेशी र सहभागीतामा आधारित बनाउने निर्णय गरेको छ, जसको लागि केन्द्रिय कार्यसमितिले गठन गरेको चुनावी रणनीति कार्यदलले उम्मेदवारीको लागि स्पष्ट मापदण्ड (स्वदेशवादी विचारधारा प्रतिको प्रतिबद्धता, सामाजिक समर्पण, पार्टीका सदस्य अनिवार्य नभएको तथा जनप्रतिनिधित्व क्षमताका बिभिन्न इन्डिकेटर सहित) तोकेको छ । आगामी निर्वाचनमा पार्टीले आफ्नो स्वदेशवादी विचारधारा, आर्थिक क्रान्ति, भ्रष्टाचार विरुद्धको संघर्ष र सांस्कृतिक
पुनरुत्थानको एजेन्डालाई संस्थागत गर्ने र उत्पीडित समुदायहरूको राजनीतिक प्रतिनिधित्वलाई बलियो बनाउने अवसर प्राप्त गर्न खोजेको छ। तसर्थ पार्टीका सबै जिल्ला समितिहरुलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरि पठाउन निर्देशन दिने निर्णय गरिएको छ।