neapl investment mega bank
  • गृहपृष्ठ
  • कक्षा ४ देखि ७ का विद्यार्थीलाई कफि क्लवको शैक्षिक सहयोग कार्यक्रम सम्पन्न

कक्षा ४ देखि ७ का विद्यार्थीलाई कफि क्लवको शैक्षिक सहयोग कार्यक्रम सम्पन्न

Nov 14th, 2025

ललितपुर, कार्तिक २८

ललितपुर महानगरपालिका–२७ स्थित बालकुमारी उच्च माध्यमिक विद्यालय, सुनाकोठीका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कक्षा ४, ५, ६ र ७ का गरी ११६ जना विद्यार्थीलाई जनही १० वटा सामग्रीका दरले झण्डै ४७ हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री वितरण गरिएको क्लबले जानकारी दिएको छ।

वितरण कार्यक्रममा वडा सदस्य रामदेवि महर्जन तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष सैलेस लिम्बुको नेतृत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्य कुमार राई सहित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए।

सहयोग तथा साथका लागि विद्यालय परिवारप्रति कफि क्लवले आभार व्यक्त गरेको छ।