neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ जना कर्मचारी

काठमाडौं महानगरले माग्यो करार सेवामा ४४ जना कर्मचारी

Nov 6th, 2025

काठमाडौं, कार्तिक २०

काठमाडौँ महानगरपालिकाले करार सेवामा ४४ जना कर्मचारी माग गरेको छ।

बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरेको छ।

नगर प्रहरी जवान २३ जना, हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी दुई जनाका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।