राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि ल्याइएको हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ ।