काठमाडौं, कार्तिक १४
विभिन्न सञ्चारमाध्यममा संगठनका सह–सयोजक अर्जुन शाहीविरुद्ध चलिरहेको प्रचारप्रसारलाई चरित्र हत्या गर्ने, जेनजी आन्दोलनका उपलब्धलाइ कम्जोर पार्ने, ‘मनगढन्ते, पूर्वाग्रही र सार्थ समुहरुको उद्देश्य पूरा गर्न’ योजनाबद्ध तरिकाले बनाएको भन्दै जेन–जि रिभोलुसन नेपालले गम्भीर असन्तोष व्यक्त गरेको छ। संगठनले यसलाई ‘नियोजित चरित्रहत्या’ को प्रयास भनि संज्ञा दिँदै ‘सत्य कहिल्यै पराजित हुँदैन’ भन्ने सन्देश दिएको छ।
घटनाप्रति प्रतिक्रिया जनाउँदै सह–सयोजक अर्जुन शाहीले भनेका छन्, “सत्य नै मेरो एकमात्र कानुन हो। देश र जनतालाई केन्द्रमा राखेर कार्य गर्न म कहिल्यै पछि हटेको छैन, र हट्नेछैन।” उनका अनुसार, उनविरुद्धको प्रचार अभियान कुनै संयोग नभएर, भ्रष्ट र स्वार्थी समूहहरूले प्रणालीगत सुधार र भ्रष्टाचारविरुद्धको जनआन्दोलनलाई कमजोर पार्न खेलेको षड्यन्त्र हो।
शाहीको सचिवालयले मिडियामा प्रसारित ‘आरोप’ हरू पूर्णतया तथ्यविहीन, सस्तो लोकप्रियताको लागि खेलिएको र स्वार्थी समूहको हितपूर्तिको लागि गरिएको प्रचार बताएको छ। सचिवालयको भनाइ छ, “भ्रष्टाचारविरुद्धको जनलडाइँले गति लिँदै जाँदा यसबाट प्रभावित हुने शक्तिहरू अत्तालिएका हुन।”
शाहीले आफूविरुद्धका सबै आरोपको जवाफ प्रमाणसहित दिन तयार रहेको स्पष्ट पार्दै भनेका छन्, “म जनताको अदालतमा २४ घण्टा उपस्थित छु। कसैको व्यक्तिगत स्वार्थका लागि लगाइएका असत्य आरोपप्रति गहिरो खेद छ। मिडियाहरुका भ्रमपुर्ण समाचार प्रति कानुनी उपाय अवलम्बन गरिनेछ।”
उनले यसको लागि कारण पनि बताए—“कसैलाई राम्रो ठाँउमा सिफारिस नगरेको, कसैलाई मन्त्री बनाउन अस्वीकार गरेको, र अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणमा भएका अरबौंको भ्रष्टाचारका फाइल खोल्न दबाब दिएको कारण नै केही स्वघोषित मिडियाहरू ममाथि नियोजित रूपमा लागेको हो।”
उनले देशका केही ‘मास मिडिया’ ले दलाली स्वार्थ र विदेशी प्रभावको पक्षमा काम गरिरहेको आरोप लगाउँदै भने, “यस्ता चाकडीबाज र पित पत्रकारहरूले देशको भलो गर्न सक्दैनन्, र कहिल्यै भलो नचाहेको स्पष्ट पारेका छन । सत्य लुकाएर जनतालाई भ्रममा पार्ने यो प्रवृत्तिको अन्त्य निश्चित छ।”समाजमा स्वार्थ समुहले सत्ता गरिब जनताका हातमा नजाओस भन्ने चाहेका हुन्छन किन भने गरिबका छोराहरुले जनताका लागि काम गर्ने र तिनिहरुको स्वार्थ सकिन लाग्दा हर किसिमका षड्यन्त्र गर्न तयार हुन्छ्न ।
यस्तै, जेन–जि रिभोलुसन नेपालले आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ, “हामी असत्य र धम्कीबाट डराउँदैनौं। हाम्रो संघर्ष कुनै दल, सत्ता वा पदको लागि होइन; यो देशको चरित्र शुद्धिकरण, प्रणाली परिवर्तन र भावी पुस्ताका लागि न्यायोचित राष्ट्र निर्माणको अभियान हो।”
शाहीले केही दिनमै आफूमाथि लगाइएका सबै आरोपको विस्तृत र प्रमाणित जवाब सार्वजनिक गर्ने घोषणा गरिसकेका छन्। उनको भनाइ छ, “हामी जनताको जवाफ जनताकै अदालतमा दिनेछौं — जहाँ सधैं सत्यको जित हुन्छ।”
जेन–जि रिभोलुसन नेपालको विश्लेषण छ कि यो विवादले नेपाली जनतामा “सत्य र असत्य छुट्याउने सचेतनाको नयाँ युग” सुरु गरिदिएको छ। संगठनले जनतालाई आग्रह गर्दै भनेको छ, “पित पत्रकारिता र गलत प्रचारको पर्दापछिका स्वार्थी हातहरू जनताले देख्न थालेका छन्। सत्यको विजय अब समयको मात्र प्रश्न हो।”