neapl investment mega bank
  • गृहपृष्ठ
  • देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

देशभरका अस्पतालका नर्सहरु विरोध प्रदर्शनमा

Oct 31st, 2025

काठमाडौं, कार्तिक १५

न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका सवै अस्पतालका नर्सहरुले विरोध प्रदर्शन गरेका छन् ।

सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुलाई सरकारी अस्पतालका नर्सहरूले पनि एक्यवद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । नर्सिंङ संघले अघि सारेको १५ बुँदे मागलाई पूरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरुले प्रदर्शन गरेका थिए ।

अहिले बिहान १० देखि १२ बजेसम्ममात्रै विरोध प्रदर्शन गरिरहेका नर्सहरूले कार्तिक १८ गते सम्म पनि सुनवाई नभए कडा आन्दोलन जान सक्ने बताएका छन् । श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ ।