neapl investment mega bank

६२ अंकले बढ्यो नेप्से

Oct 28th, 2025

काठमाडौं, कार्तिक ११

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५७१.३४ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा सेयर कारोबार भएकामध्ये २३६ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको घट्यो । त्यस्तै, आजको कारोबारमा २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज न्यादी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने र हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से बढेसँगै आज व्यापार बाहेक सबै समूहको उपसूचक हरियाली बन्न पुगेको छ ।