ललितपुर, कार्तिक १०
ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा गर्भवतीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ । गत शुक्रबार उपचारको क्रममा सुत्केरी मीना राईको मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रदर्शन तथा तोडफोड गरेका हुन् ।
अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनका आफन्तले हिजो देखि नै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा अस्पताल परिसरमा ढुंगामुढा र तोडफोड भएको छ । सुरक्षाकर्मीले अस्पताल वरिपरि कडा सुरक्षा व्यवस्था कायम गरेका छन् ।
आफन्तहरूले अस्पतालसँग संवाद गर्न खोज्दा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन् ।