neapl investment mega bank

सुनको मूल्यमा भारी गिरावट

Oct 26th, 2025

काठमाडौं, कार्तिक ९

आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो। 

योसँगै प्रतितोला छापावाल सुन २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत कात्तिक ३ गते सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

साथै, आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै चाँदी ३ हजार १५ रुपैयाँ कायम भएको छ।