काठमाडौं, कार्तिक ३
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्ड र पार्टीविरुद्ध प्रहार हुन थालेपछि आफूले पदबाट राजीनामा दिएको उनले बताएकी छन् ।
आफूले प्रचण्डको सहयोगीका रूपमा राम्रो गर्ने कोसिस गरिरहे पनि विवादमा परेको भन्दै उनले दु:ख व्यक्त गरेकी छन् ।
उनले भ्रामक सूचना दिनेहरूले आफ्नोबारे निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि दुरुपयोग गरेको बताएकी छन् ।