काठमाडौं, असाेज २२
मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालले मलेसियालाई फाइनलमा १८ ओभरको समाप्तिमा पाँच विकेटले हराउँदै सिरिज ३–२ ले उचालेको हो ।