neapl investment mega bank
  • गृहपृष्ठ
  • फागुनपछि पुरानै दलको आगमन संकेत, मुख्य टार्गेटमा सेना

फागुनपछि पुरानै दलको आगमन संकेत, मुख्य टार्गेटमा सेना

Oct 5th, 2025

काठमाडौं, असाेज १९

२०७४ जेठ २४ गते नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्यो । माओवादीको समर्थनपछि देउवाले विश्वासको मत पाए र प्रधानमन्त्री नियुक्त भए । ०७९ चैत ६ गते देउवाको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । ०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गरेको थियो । जनयुद्धको कमाण्डर प्रचण्ड थिए । जनयुद्ध जारी रहेकै बेला अर्थात् ०५९ सालमा देउवा प्रधानमन्त्री थिए । उनले माओवादी नेताहरुको टाउकोको मूल्य ५० लाख रुपैयाँ तोके । कोही कसैले माओवादी नेता यहाँ लुकेको छ भनि सूचना दिनेलाई सो पुरस्कार रकम दिइने देउवाले घोषणा गरे । सँगै मुलुकमा संकटकाल घोषणा गर्दै नेपाली सेना परिचालन गरे । तर, सेना, प्रहरी, सशस्त्र सबैले माओवादीसँग लड्न सकेन, आत्मसमर्पण गर्यो । दश वर्षे जनयुद्धमा १७ हजार जनता मारिए । हजारौं घाइते, अंगभंग र हजारौं अझै बेपत्ता छन् । खर्बौको सम्पत्ति आगजनीबाट नष्ट भयो । माओवादीसँग सुरक्षाकर्मी लड्न नसकेपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्रको अन्त्य र लोकतन्त्र गणतन्त्रको स्थापना भयो ।

तत्कालिन राजा ज्ञानेन्द्र वीर विक्रम शाहले नारायणहिटी दरबार छोडेर नार्गाजुन जानुपर्यो भने जनताका छोराछोरी जनताबाटै चुनिएर राष्ट्र प्रमुख बने । ०७२ असोज ३ गते नेपालको संंविधान निर्माण भयो । ०७९ वैशाख ३० गतेको स्थानीय तह चुनाव तथा मंसिर ४ गतेको प्रदेश सभा तथा प्रतिनिधि निर्वाचनमा माओवादी र काँग्रेसले गठबन्धन गर्यो ।
त्यसअघि ०७४ मंसिर १० गते र २१ गतेको चुनावमा माओवादी र एमालेले गठबन्धन गरेको थियो । ०७९ असार ७ गते रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा दर्ता भयो । पार्टी सभापति लामिछाने अहिले सहकारी ठगी प्रकरणमा ललितपुरस्थित नख्खु कारागारमा छन् । ०७९ वैशाख ३० गतेको स्थानीय तह चुनावबाट काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भए । ०८० भदौ १६ गते शनिबार उनकी पत्नी चढेको सरकारी गाडी ट्राफिकले दुई मिनेट रोक्दा बालेनले फेसबुकमार्फत सिंहदरबार जलाइदिने धम्की दिए । गत भदौ २३ र २४ गते जेनजी पुसताले देशभर आन्दोलन चर्काए । त्यसक्रममा ८० जनाले ज्यान गुमाए भने हजारौं घाइते र बेपत्ता भएका छन् । यो आन्दोलनले मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास, बालुवाटार निवास, मन्त्री क्वार्टरलगायत सबै सरकारी सम्पत्ति जलेर खरानी बनेको छ । सार्वजनिक मात्र नभई निजी सम्पत्ति पनि खरानी बनेको छ । जेनजी आन्दोलनको मौका छोपेर नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने जेलरलाई कुटेर जेलबाट भागे । देश र जनताका लागि लड्दा जेल परेकोजसरी चिल्लो गाडीमा हात हल्लाउँदै उनी जेलबाट निस्किएका थिए । जबकी उनी हजारौं बचतकर्ताको खर्बौ रकम पचाएर जेल परेका छन् । यता, सिंहदरबार जलेपछि बालेन एकाएक गायब भए ।
सिंहदरबार जल्नुअघि फेसबुकमार्फत आन्दोलनकारीलाई उक्साएका उनी सिंहदरबार खरानी बनेपछि चाँहि मौन देखिए । यतिसम्म कि सिंहदरबारमा लागेको आगो निभाउनसमेत उनले समयमै दमकल पठाएनन् । बालेन र रवि दुवैले जेनजी आन्दोलनलाई समर्थन गरेका थिए । आन्दोलनका क्रममा नारा लगाइएको थियो कि प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र प्रधानमन्त्री चाहियो, प्रदेश खारेज गर्नुपर्यो, बुढा नेता चाहिँदैन ।

सँगै केपी चोर देश छोडको नारा पनि सुनिएको थियो । आन्दोलनपछि पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भयो । उनले शपथ ग्रहणलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधि सभा विघटन र आउँदो फागुन २१ गते चुनाव मिति घोषणा गर्न सिफारिस गरिन् । र, सोही आधारमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्दै चुनाव तोकेका छन् । अब रोचक चाँहि के हो भने न बुढा नेता फ्यालिए, न प्रदेश खारेज भयो न त प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र प्रधानमन्त्रीकै व्यवस्था भयो । बरु बालेनको लागि सिंहदरबार जल्यो, रविका लागि अदालत । भ्रष्टाचारीका लागि अख्तियार । जेनजी आन्दोलनका मुख्य योजनाकार बालेन र रवि हुन् भनि अहिले देखिँदैछ । किनकि आन्दोलनको मौका छोपेर रवि भागे । उनी भागेसँगै देशभरका कारागारबाट कैदीबन्दी भागे । त्यसक्रममा एक दर्जन बढी कैदीबन्दीले सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाए भने रविसँगै भागेका कैदीबन्दी पुनः हत्या, हिंसा, अपराधमा संलग्न भइसकेका छन् । जसका कारण समाजमा असुरक्षा बढेको छ । यता, आन्दोलनपछि काठमाडौंका मेयर बालेन पार्टी खोल्न लागेका छन् । आउँदो चुनावमा उनी पनि पार्टीसहित सहभागी हुने देखिन्छ । यसकारण उनीहरुले आफ्नो स्वार्थका निम्ति पनि जेनजी आन्दोलनलाई उक्साएर यो तहसम्म पुर्याएको प्रष्टै छ । तर, यो आन्दोलनले जनताको आँखा छर्लङ्गै खोलिदिएको छ ।

हिजोसम्म जनता बालेनलाई भगवान् मान्थे । अहिले उनीप्रति घृणा गर्छन् । किनकि उनकै कारण सिंहदरबार जलेको र यो सबै भएको जनताले बुझिसकेका छन् । रवि नेतृत्वको रास्वपाले ०७९ मंसिरको चुनावमा २० सिट जितेको थियो । तर, आउँदो चुनावमा शून्य हुने सर्वसाधारण बताउँछन् । बजारमा जनता भन्छन्, ‘ठगहरुको पार्टी रास्वपा आउँदो चुनावमा शून्य हुने छ । बालेनले पनि चुनाव हार्ने छन् ।’
जेनजीको गाउँदेखि शहरसम्म संगठन छैन । अझ भन्नुपर्दा नेतृत्वकर्ता को हो ? भन्नेसमेत प्रष्ट छैन । जेनजीको नाममा विदेशीबाट परिचालितहरुले यो आन्दोलन गराएको देखिन्छ । एनजिओ खोलेर विदेशी डलर ल्याउने अनि नेपालमा आन्दोलन गराउने । यो कुरा जनताले बुझिरहेका छन् । यता, सुशीला सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गरेको छ । उनीहरुलाई देश छोड्न निषेध गर्दै काठमाडौं उपत्यका बाहिर जानसमेत रोक लगाइएको छ । आउँदो चुनावमा पुराना सबै राजनीतिक दल एकजुट भएर चुनावमा होमिने पक्का छ । यी दलहरुको गाउँदेखि शहरसम्म, माथिदेखि तल्लो स्तरसम्म संगठन, कार्यकर्ता छन् । सबैले गठबन्धन गरेपछि चुनाव जित्ने पक्का छ । चुनाव जितेपछि काँग्रेस, एमाले, माओवादी, मधेशी दल सबैले गठबन्धन गरेर फेरि सरकार गठन गर्ने वर्तमान परिस्थितिले देखाउँछ ।
यसरी आउने सरकारले सेनालाई हटाउने निश्चित छ । किनकि सेनाले न नेतालाई सुरक्षा दिन सक्यो न देशलाई । सिंहदरबार जलिरहँदा सेना रमिते बन्यो । त्यसअघि पनि पटकपटक सेना चुकिसक्यो । विगत कोट्याउने हो भने राजपरिवार हत्याकाण्डदेखि माओवादी जनयुद्ध, नेपाली भूभागमा छिमेकीको कब्जाजस्ता देश र जनतालाई हानि पुग्ने काम सेनाकै कमीकमजोर, लापरबाहीले भएको प्रष्ट छ ।
दार्जेलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग सेनाकै कारण आज भारत र चीनको मातहतमा पुग्यो । जेनजी विध्वंशमा पनि सेनाकै असहयोगका कारण देशले यत्रो क्षति व्यहोर्नुपर्यो ।

सेनाले मुलुकमा राजतन्त्र ल्याउन खोजेको थियो, तर राष्ट्रपति पौडेल अन्तिमसम्म लडिरहे । र, आज यो व्यवस्था जोगियो । यो सारा नेपालीले देखेका छन् । त्यसकारण अब आउने सरकारले सेना संगठनलाई खारेज गर्ने निश्चित छ । राजनीतिक दलहरुले एकअर्कालाई जतिसुकै आरोपप्रत्यारोप लगाएपनि देश र जनतामाथि संकट आइलागेपछि एकजुट हुन्छन् । यो देउवाले माओवादी नेताको टाउकोको मूल्य तोक्नु र पछि माओवादीसँगै मिलेर सरकार गठन गर्नु, प्रचण्ड–ओली पटकपटक जुँधेर पनि मिलेर सरकार बनाउनुजस्ता घटनाक्रमले पनि देखाउँछ ।
रुषा थापा
भक्तपुर