काठमाडौं, भदाै १३
सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि खापुङको नियुक्त लागू हुनेछ ।