काठमाडौं, भदाै १०
कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् । आज (मंगलबार) काठमाडौँका नगर प्रमुख बालेनले कवाड व्यवसायीमाथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरूले प्रदर्शन गरेको हो ।
उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए ।