neapl investment mega bank

नेप्से १८ अंकले घट्यो

Aug 24th, 2025

काठमाडौं, भदाै ८

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६५ प्रतिशतले घटेर परिसूचक २७३९.९५ विन्दुमा पुगेको छ । 

नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बारबारको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार १०५ पटक शेयर किनबेच भएको छ ।
 
१३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन बाहेक सबै समूह घटेको छ ।