काठमाडौं, साउन २९
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा नियम विपरीत कारोबार गरेको भेटिएपछि ललितपुरका दुई उद्योग तथा फर्मलाई २ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
बुधबार विभागले गरेको अनुगमनमा ललितपुर महानगरपालिका–१९ स्थित डीएमएस इन्टरप्राइजेज प्रालि लाई २ लाख १ हजार रुपैयाँ र महानगरपालिका–२० स्थित स्तुपा फर्निसिङ प्रालि लाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको हो।
जरिबाना तिराइएका उद्योग तथा फर्मले उत्पादनमा एमआरपी नलगाई कारोबार गरेपछि उक्त जरिबाना तिराइएको विभागको भनाइ छ ।
यस्तै विभागले ६ वटा कम्पनीलाई आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ४ वटा कम्पनीलाई भने सामान्य निर्देशन दिएको छ ।
विभागले बुधबार १२ वटा उद्योग तथा अनुगमन गरेको थियो ।