neapl investment mega bank
  • गृहपृष्ठ
  • जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता घोषणा हुँदै

जसपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता घोषणा हुँदै

Aug 13th, 2025

काठमाडौं, साउन २८

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच कार्यगत एकता हुने भएको छ । 

दुई दलबिचको कार्यगत एकताको बिहीबार घोषणा हुने स्रोतले जानकारी दिएका हुन् । स्राेतका अनुसार कार्यगत एकताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । भोलि एउटा कार्यक्रम गरेर औपचारिक रूपमा घोषणा गरिने छ । 

पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको बताइएको छ ।