neapl investment mega bank
  • गृहपृष्ठ
  • आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार

आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार

Aug 13th, 2025

काठमाडौं, साउन २८

पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गर्ने प्रवृत्ति मौलाइरहेको नेपाल प्रहरीले पछिल्लो पटक सार्वजनिक गरेको एउटा घटनाले देखाएको छ ।

सो घटनाले सामाजिक सञ्जालमा आउने जुनसुकै लिङ्क खोल्न नहुने पनि सचेत गराएको छ । नेपाल प्रहरीका अनुसार पछिल्ला पटक धितोपत्र बजारको कारोबारका बारेमा जानकारी दिने नाममा ठगी गरिएको पाइएको छ ।

फेसबुक, इन्टाग्राम, टिकटकलगायतका सामाजिक सञ्जालमा आकर्षक विज्ञापन देखाएर नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई ठगी गरिएको छ । एआईमार्फत शेयर बजारको बिश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सूचना प्रवाह गरी त्यस्ता एप डाउनलोड गर्न प्रेरित गर्ने र उक्त एप इन्स्टल गरे पश्चात रिमोट सेसन खोली खातामा भएको सम्पूर्ण रकम क्षणभरमा अन्यत्र ट्रान्सफर गराइएको पाइएको हो ।