neapl investment mega bank
  • गृहपृष्ठ
  • रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

Aug 13th, 2025

काठमाडौं, साउन २८

सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिपरिषदले प्रोत्साहन स्वरुप ढाँटलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए । यस्तै, ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाललाई पहिलो पटक उपाधि दिलाउन सफल भएकोमा ढाँटलाई फेरि पनि बधाई दिएका छन् ।

एक साताअघि भएको प्रतियोगितामा ढाटले भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका थिए ।