neapl investment mega bank
  • गृहपृष्ठ
  • भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापालाई स्वागत

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापालाई स्वागत

Aug 6th, 2025

काठमाडौं, साउन २१

डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिसा (NYSE: V) ने काठमाडौंमा आफ्नो नेपाल कार्यालय औपचारिक रूपमा खोलेको छ भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई जोड दिन्छ। यो रणनीतिक कदमले डिजिटल भुक्तानीमा पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

यसका साथै, भिसाले नेपाल प्रमुखको रूपमा श्री मनोज थापालाई नियुक्त गरेको घोषणा गरेको छ आफ्नो नयाँ भूमिकामा, मनोजले स्थानीय साझेदारीलाई सुदृढ पार्ने र देशको आवश्यकताहरू पूरा गर्न सुरक्षित, नवीन डिजिटल भुक्तानी समाधानका कार्यलाई तीव्र पार्ने कुरामा केन्द्रित हुनेछन्। मनोजले भिसामा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्नेछन्।

यस घोषणाको बारेमा टिप्पणी गर्दै भिसाका बगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘हामी काठमाडौंमा एउटा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौं। भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु उहाँको नियुक्तिले भिसाको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। एक सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउनेछा

नेपालमा जन्मेका मनोजको युके र भारतमा भएका शैक्षिक र व्यावसायिक अनुभवहरूले विश्वव्यापी दृष्टिकोण बनाएका छा उहाँ साना र मझौला उद्यमहरू (SMES) लाई समर्थन गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन र दिगो सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वसनीय सहकार्यहरू निर्माण गर्न प्रविधिको प्रयोग गर्न उत्साहित हुनुहुन्छा

भिसा, नेपालमा भुक्तानी र वित्तीय सेवा क्षेत्रमा एक दशकभन्दा बढी अनुभवी विज्ञता र सिद्ध नेतृत्वको धनी भएका मनोज ल्याएका छन्‌। यसअघि, उहाँले फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गर्नुभएको थियो, जहाँ उहाँले सीमापार भुक्तानी पहलहरूको नेतृत्व गर्नुभएको थियो र अन्तर्राष्ट्रिय तथा स्थानीय वित्तीय संस्थाहरूसँग प्रभावकारी गठबन्धन बनाउनु‌भएको थियो। त्यसअधि, भारतमा निर्धाब्वक टेक्नोलोजी प्रा. सि. मा बरिष्ठ व्यवसाय विकास प्रबन्धकको रूपमा, उहाँने कम्पनीको वृद्धिमा महत्वपूर्ण योगदान पुऱ्याउने व्यवसाय विकास प्रयासहरूको सफलतापूर्वक नेतृत्व गर्नुभएको थियो।

“नेपालमा डिजिटल भुक्तानी अपनाउने कार्यलाई तीव्रता दिने प्रयासको नेतृत्व गर्न भिसामा सामेल हुन पाउँदा म सम्मानित छु” मनीज थापाले भने। ‘नवप्रवर्तन र सुरांक्षत कारोबार प्रति भिसाको प्रतिबद्धता डिजिटल रूपमा सशक्त नेपाललाई सक्षम बनाउने मेरो आकांक्षासँग मेल खान्छ र म अर्थपूर्ण प्रभाव सिर्जना गर्न तत्पर