neapl investment mega bank

सामसङ नेपालले ल्यायो मल्टी–बाइ अफर

Aug 6th, 2025

काठमाडौं, साउन २१

सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। 

सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए सिरिज वा एम सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२५ सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी–बाइ अफरले प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ

स्टेप १: वेबसाइट https://www.samsungcampaigns.com मा जाने

स्टेप २: तपाईंको नजिकको रिटेलर छान्ने

स्टेप ३: दर्ता गरी रु. २,००० को अग्रिम रकम अनलाइन भुक्तानी गर्ने

स्टेप ४: प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्ने

स्टेप ५: ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जाने ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य हुनेछ। 

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स  सेवा मार्फत ग्राहकहरूले ०५ ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्।