neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडाैँ महानगरले भोलिदेखि छात्रवृत्ति परीक्षा सुरु गर्ने

काठमाडाैँ महानगरले भोलिदेखि छात्रवृत्ति परीक्षा सुरु गर्ने

Jul 18th, 2025

काठमाडौं, साउन २

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा भोलिदेखि सुरु गर्ने भएको छ । छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ महानगरले जनाएको छ । 

प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण तालिम समेत दिइएको छ ।

महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट  भएको छन् ।