काठमाडौं, असार २१
नेपालले एसीसी यू १६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू १६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।