काठमाडौं, असार १८
एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपालले ८ गोल हानेर विजयी भएको छ ।
जसमा नेपालले फराकिलो अग्रता बनाएको थियो । उज्वेकिस्तानमा खेलको दोस्रो हाफ चलिरहँदा नेपालले ८–० को अग्रता बनाएको थियो ।
पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको हो ।
पहिलो हाफमा नेपालकी अनिता बस्नेतको कर्नरमा गीता रानाले हेडर गोल गर्दै खाता खोलेकी थिइन् ।
पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो ।