काठमाडौं, असार १८
एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंका विरुद्ध खेल्दैछ।
उज्वेकिस्तानमा हुने खेल बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्दै एसियन कप पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।