neapl investment mega bank
  • गृहपृष्ठ
  • विराटनगर महानगरको बजेट चार अर्ब ४० करोड

विराटनगर महानगरको बजेट चार अर्ब ४० करोड

Jun 25th, 2025

आधारभुमि संबाददाता/असार १०
विराटनगर महानगरपालिकाले असार १० गते आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोत वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट एक अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगद मौज्दात १४ करोड, संघीय सरकारको ससर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेशको ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट एक करोड ५० लाख र अरु संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको साँवाब्याज भुक्तानीका निम्ति पाँच करोड, चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि आठ करोड रुपैयाँलगायत विभिन्न कार्य गर्न बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको छ ।