neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभर असार ६ देखि सञ्चालनमा आउने

ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभर असार ६ देखि सञ्चालनमा आउने

Jun 16th, 2025

ललितपुर, असार २

ललितपुरको ग्वार्कोस्थित बहुप्रतीक्षित फ्लाईओभर आगामी चार दिनपछि सञ्चालनमा आउने भएको छ। प्रमुख संरचना निर्माण कार्य सम्पन्न भएसँगै अब सवारी साधन सञ्चालनको अन्तिम तयारी भइरहेको सडक विभागले जनाएको छ।

यो परियोजना काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापनमा महत्वपूर्ण ठानिँदै आएको छ। फ्लाईओभर सञ्चालनमा आएपछि समय, इन्धन र श्रमको बचत हुने अपेक्षा गरिएको छ, जसले समग्र आर्थिक गतिविधिमा सकारात्मक असर पार्नेछ।

आगामी असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभरको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनलगत्तै फ्लाईओभरबाट सवारी सञ्चालन सुरु गरिनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गत शनिवार स्थल निरीक्षण गरी सम्बन्धित निकायलाई शीघ्र सवारी सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए।