neapl investment mega bank

माधव नेपालको सांसद पद निलम्बन

Jun 13th, 2025

काठमाडौं, जेठ ३०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएसँगै संसद्लाई उनको पद निलम्बन भएको औपचारिक जानकारी गराएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पताञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा साढे १८ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै नेपालको विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

प्रचलित कानुनअनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा बसेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपश्चात स्वतः पद निलम्बनमा पर्ने व्यवस्था रहेको छ।