आधारभुमि संबाददाता
जेष्ठ २९, २०८२
काठमाडौँ —नख्खु कारागारमा सजाय भोगिरहेका एक कैदीको दाल पकाउने क्रममा चिप्लिएर मृत्यु भएको छ । कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका भान्सामा चिप्लिएर तातो दालको भाँडोमा परेका थिए ।
कारागार प्रशासक भीमराज कोइरालाका अनुसार आइतबार बिहान दुर्घटना भएको हो । गम्भीर रूपमा जलेका उनलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर उपचारका क्रममा बुधबार मृत्यु भएको कोइरालाले कान्तिपुरलाई जानकारी दिए ।
‘कारागारभित्र आन्तरिक प्रशासन हुन्छ,’ कोइरालाले भने, ‘सो प्रशासनले कामको बाँडफाँट गर्छ, उनी भान्साको काम गर्दै आएका थिए ।’
मृतकको २० वर्षको कैद अवधि २०८७ मा सकिँदै थियो । कारागारले परिवारलाई मृतकको शव बुझाइसकेको छ ।