neapl investment mega bank
  • गृहपृष्ठ
  • सुरक्षाको दृष्टिकोणबाट अग्रणी ललितपुरः नागरिकदेखि सम्पदासम्मको सुरक्षामा सक्रियता

सुरक्षाको दृष्टिकोणबाट अग्रणी ललितपुरः नागरिकदेखि सम्पदासम्मको सुरक्षामा सक्रियता

Jun 9th, 2025

काठमाडौं , जेठ २६

विसं २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले निर्वाचित भई शपथग्रहण गरेको ३ वर्ष पूरा भइसकेको छ । यो उनको दोस्रो कार्यकाल हो ।
दोस्रो कार्यकालका लागि ललितपुर महानगरपालिकाको प्रमुख निर्वाचित हुन चिरीबाबु महर्जनले धेरै प्रतिबद्धता जनाएका थिए । तीमध्ये केही पहिलो कार्यकालका कामको निरन्तरता पनि थिए । ललितपुर महानगरवासीले उनलाई पत्याए र दोस्रो कार्यकालका लागि निर्वाचित पनि गरे ।
सोही अनुसार नागरिकले सजिलै अनुभूति गर्ने गरी धेरै काम भइरहेका छन् । त्यसमध्येको एक हो— नगरवासीको शान्ति र सुरक्षा । ललितपुर महानगरपालिका ऐतिहासिक सम्पदाले भरिपूर्ण र सांस्कृतिक विविधताले भरिएको उपत्यकाको प्रमुख सहर आजको दिनमा सुरक्षित, समृद्ध र प्रविधिमैत्री सहरको रुपमा अघि बढिरहेको छ । महानगरपालिकाले नगरवासीको शान्ति, सुरक्षाका साथै पर्यटकको सहज आवागमन सुनिश्चित गर्न विभिन्न सुरक्षा नीतिहरू निर्माण गर्दै आएको छ ।

विपद् व्यवस्थापनमा ‘नम्बर वान’
ललितपुर महानगरपालिका विपद् व्यवस्थापनमा अग्रणी स्थानमा उभिएको छ । भौगोलिक बनोट, पुरातात्त्विक सम्पदाको घनत्व र जनसंख्याको चापले गर्दा ललितपुर विभिन्न प्रकारका प्राकृतिक तथा मानवीय विपद् जोखिममा पर्ने क्षेत्र मानिन्छ । यस्ता जोखिमहरूलाई न्यून पार्न र प्रभावकारी रूपमा व्यवस्थापन गर्न ललितपुर महानगरले पछिल्ला वर्षहरूमा उल्लेखनीय पहलहरू गरेको बताउँछन्, ललितपुर उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथु । उनका अनुसार अहिले यो महानगर देशभर विपद् व्यवस्थापनमा ‘नम्बर वान’ को रूपमा चिनिन थालेको छ । विपद् पूर्वतयारीको सन्दर्भमा ललितपुर महानगरपालिकाले समुदाय—आधारित कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । बालबालिका, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीयवासीलाई जोखिमको समयमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने व्यवहारिक सीप पनि प्रदान गर्दै आएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् ।

सञ्चारको सशक्त व्यवस्थापन पनि ललितपुरको बलियो पक्ष हो । विपद्को समयमा तुरुन्त सूचना आदान—प्रदान गर्न सकिने रेडियो प्रणाली, मोबाइल सन्देश प्रणाली र स्थानीय सूचना केन्द्रहरूको स्थापना गरिएको छ । कुनै पनि घटनामा तुरुन्त जानकारी प्रवाह गर्न सकिने प्रणाली विकास गरिनुले जनताको ज्यान जोगाउन सहयोग पु¥याउने विश्वास गरिएको उनी बताउँछन् ।

त्यस्तै, महानगरपालिकाले समुदायस्तरमै विपद् प्रतिक्रिया टोली गठन गरेको छ । ती टोलीलाई आवश्यक तालिम प्रदान गरिएको छ । जसमा प्रारम्भिक उद्धार, प्राथमिक उपचार, घरबाट सुरक्षित स्थानमा लैजानेसम्मका सीपहरू समावेश छन् । विपद् व्यवस्थापनका लागि ललितपुर महानगरले अन्तरसंस्थागत सहकार्यलाई पनि प्राथमिकता दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण, नेपाल रेडक्रस, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरू र स्थानीय संघसंस्थासँग समन्वय गरी पूर्वतयारी, अभ्यास र उद्धारका कामहरू सञ्चालन हुन्छन् । यसैगरी सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्महरूको प्रयोग जस्तै महानगरको वेबसाइट, सामाजिक सञ्जाल तथा मोबाइल एप्समार्फत जनतालाई सन्देश पु¥याउने व्यवस्था मिलाइएको छ ।

ललितपुर महानगरपालिकाको योजना, समन्वय, प्रविधिको प्रयोग र जनसहभागितामा आधारित विपद् व्यवस्थापन अभ्यासले सम्पूर्ण मुलुकलाई नमुना दिएको छ । त्यसैले आज ललितपुरलाई ‘विपद् व्यवस्थापनमा नम्बर वान’ भन्ने मान्यता मिलेको छ ।

मठमन्दिरकोसमेत सुरक्षा गर्दै ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकान नेपाली सांस्कृतिक र वास्तुकलाको धरोहरको रूपमा चिनिन्छ । यहाँको पहिचान नै ऐतिहासिक मठमन्दिरहरूमा अडिएको छ । ललितपुर महानगरपालिकाले पछिल्ला वर्षहरूमा यी सम्पदाहरूको संरक्षण, पुनर्निर्माण र सुरक्षा सुनिश्चित गर्न उल्लेखनीय कदमहरू चालेको बताउँछन्, नगर प्रहरी प्रमुख हाछेथु । उनका अनुसार मठमन्दिरको सुरक्षाका लागि करिब ५ जना नगर प्रहरी खटिएका छन् । ‘हरेक गल्ली, टोल र चोकमा रहेका मठमन्दिरहरू केवल धार्मिक आस्थाका केन्द्र मात्र होइनन्, नेपाली सभ्यता, इतिहास र कला—संस्कृतिको जिउँदो संग्रहालय पनि हुन्,’ उनी भन्छन्, ‘यिनीहरू चोरी हुने, तोडफोड हुने सम्भावना हुने भएकाले हामीले मानिसको मात्र होइन, मठमन्दिरको समेत हामी सुरक्षा गछौं ।’

यस्तै महानगरले मठमन्दिरहरूमा सीसी क्यामेरा जडान गर्ने अभियानलाई पनि अगाडी बढाएको छ । जसबाट चोरी, तोडफोड र आगलागी जस्ता घटनाबाट सम्पदा जोगाउनका लागि निगरानी प्रणालीलाई विस्तार गरिएको छ । साथै, केही प्रमुख मन्दिरहरूमा आगलागी नियन्त्रण उपकरण जडान गरिएको छ भने स्वचालित सूचना प्रणाली पनि राखिएको उनको भनाइ छ । यस्तै, मठमन्दिर वरिपरिको सरसफाइ, निगरानी र मर्मतसम्भार पनि गर्दै आएको छ । यसरी ललितपुर महानगरपालिकाको मठमन्दिर सुरक्षामा लिएको अग्रसरता केवल सम्पदा जोगाउने काम मात्र होइन, यो शहरको पहिचान, पर्यटकीय सम्भावना, र सांस्कृतिक गौरवलाई जगेर्ना गर्ने दीर्घकालीन प्रयास हो । जब सम्पदाको संरक्षणमा राज्य र समुदाय एक साथ लाग्छन्, तब मात्र इतिहासको सम्मान हुन्छ र भविष्यमा सशक्त पहिचान निर्माण हुन्छ ।

सुरक्षा र विश्वास निर्माणमा नयाँ अध्याय
शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न ललितपुर महानगरपालिकामा समुदाय—प्रहरी साझेदारी अभियान संचालन गरिएको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ अगाडि बढाइएको यो अभियानको उद्देश्य अपराध रोकथाम, सामाजिक विकृतिविरूद्ध जनचेतना फैलाउने र सुरक्षा व्यवस्थापनमा जनसहयोग बढाउन रहेको छ । अभियानको मूल उद्देश्य समुदाय र प्रहरीबीच आपसी विश्वासको सम्बन्ध निर्माण गर्न हो । विगतमा प्रहरीलाई केवल नियन्त्रण गर्ने निकायको रूपमा हेरिने गरिन्थ्यो तर यस अभियानले प्रहरीलाई सेवा—मुखी संस्थाका रूपमा स्थापित गर्दै आएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । समुदायसँग सहकार्य गरेर अपराधको सुरुवातमै रोकथाम गर्ने र समस्याको जडमा पुगेर समाधान गर्ने पद्धति यसमा अपनाइन्छ । ‘समुदायले आफ्नो क्षेत्रका गतिविधि सबैभन्दा राम्रोसँग बुझ्ने भएकाले उनीहरूको सहयोग बिना स्थायी सुरक्षा सम्भव छैन,’ उनी भन्छन्, ‘सुरक्षित शहर निर्माणमा समुदायकै भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । हामी प्रहरीलाई दोष थोपर्ने होइन । साथ दिने संस्कार विकास गर्दैछौं ।’

यसरी समुदाय—प्रहरी साझेदारी अभियान ललितपुरमा लागू हुनु सकारात्मक संकेत हो । यसले केवल अपराध नियन्त्रण मात्र होइन, सामाजिक एकता र सम्वादमा पनि मद्दत गर्नेछ । जब प्रहरी र जनता एउटै लक्ष्यमा अगाडि बढ्छन्, तब शान्ति, सुरक्षा र विश्वासको वातावरण स्वतः निर्माण हुन्छ । पछिल्लो समय ललितपुर अब केवल सांस्कृतिक शहर मात्र होइन, सुरक्षा र समृद्धिको प्रतीक बन्दैछ ।

प्रविधिमैत्री सुरक्षा प्रणालीको विकासमा अग्रसर ललितपुर
शान्ति, सुरक्षा र सुव्यवस्थित नगरी निर्माणको लक्ष्यसहित ललितपुर महानगरपालिकाले प्रविधिमैत्री सुरक्षा प्रणाली विकास गर्न थालेको छ । सुरक्षा र निगरानीलाई स्मार्ट बनाउँदै जाने क्रममा महानगरले सिसिटिभी क्यामेरा जडान, डिजिटल सूचना प्रणाली, जिपिएस ट्र्याकिङ र आपतकालीन सूचना प्रणाली जस्ता प्रविधिहरूलाई प्राथमिकता दिएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । ‘ललितपुर महानगरपालिकाले प्रमुख सडक, भीडभाड हुने क्षेत्र, विद्यालय आसपास तथा पुरातात्त्विक सम्पदास्थलहरूमा उच्च गुणस्तरीय सिसिटिभी क्यामेरा जडान गरेको छ,’ उनी भन्छन्, ‘यी प्रविधिहरूको प्रभावकारिता ललितपुरवासीले दैनिक जीवनमा महसुस गर्न थालेका छन् । सिसिटिभीले चोरी, दुर्घटना, ट्राफिक नियम उल्लंघनजस्ता घटनाको निगरानीमा उल्लेखनीय सुधार ल्याएको छ । साथै, अपराधको अनुसन्धानका क्रममा पनि यस प्रविधिले प्रमाण जुटाउन सहयोग पु¥याएको छ ।’


स्मार्ट सूचना प्रणाली र मोबाइल सन्देश सेवा
ललितपुरमा सुरु गरिएको अर्को नयाँ प्रणाली हो — डिजिटल सूचना प्रवाह प्रणाली । ललितपुर महानगरपालिकाले ‘एलएमसी मोबाइल अलर्ट एप’ सञ्चालनमा ल्याएको छ । महानगरवासीलाई विभिन्न २१ वटा क्षेत्रको अलर्ट दिने लक्ष्यसहित महानगरले अलर्ट मोबाइल एप सञ्चालनमा ल्याएको हो । यसले राम्रो प्रभाव पारिरहेको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । उनका अनुसार यो एपले छिटो र छरितोरुपमा ललितपुर नगर प्रहरीलाई अलर्ट र गुनासो पठाउनेछ । ‘ललितपुर महानगरपालिका क्षेत्र भित्र आउने समस्या, विपत्ति वा गुनासो भएमा ३ ट्यापमा नगर प्रहरीसम्म पु¥याउन सकिने छ,’ उनी भन्छन्, ‘महानगरवासीलाई प्रयोगमा समस्या नपरोस् भनेर महानगरले आफलाइन मोडमा नै गुनासो तथा अलर्ट गर्न सकिने व्यवस्था गरेको छ । गोप्य सूचनाको हकमा मोबाइल नम्बर गोप्यसमेत राखिन्छ ।’
महानगर भित्र दमकल चाहिएमा यो एपमार्फत अलर्ट पठाउन सकिनेछ । यस्तै, एम्बुलेसन्स, ढल निकास, शववाहन, फोहोर मैला, अनधिकृत पार्किङ, बिना स्वीकृति संरचना, लैगिंक हिंसा, शैक्षिक संस्थानमा हुने समस्या, सम्पदा संरक्षण, बोट बिरुवामा क्षति लगायतका अलर्ट समेत एपमार्फत पठाउन सकिनेछ ।

फुटपाथमा व्यापार भइरहेको देखेमा, सडक बत्ती बिग्रिएको वा समस्या भएमा र अनधिकृत विज्ञापन, विपद्, सडक मानव, कालो बजारी, बाढी र पहिरो तथा छाडा गाईवस्तुबारे समेत मोबाइल एपमार्फत नगर प्रहरीलाई अलर्ट गराउन सक्ने तथा गुनासो गर्न सक्ने व्यवस्था गरिएको नगर प्रहरी प्रमुख हाछेथुले बताउँछन् ।
यसले विशेष गरी विपद् व्यवस्थापन र शहरी तयारीलाई प्रविधिसँग जोड्ने काम गरेको छ । यसरी ललितपुर महानगरपालिकाको प्रविधिमैत्री सुरक्षा प्रणालीले शहरलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने दिशामा ठोस पाइला चालेको छ । ललितपुरको यस्ता पहलले ललितपुर केवल सांस्कृतिक गन्तव्य मात्र होइन, प्रविधिमा आधारित सुरक्षित नगरीका रूपमा पनि चिनिन थालेको छ ।

प्रविधिमैत्री सुरक्षा प्रणालीको विकास
ललितपुरले डिजिटल प्रविधिको प्रयोग गर्दै सुरक्षा व्यवस्थामा नवीनता ल्याएको छ।

“सुरक्षा एप“ सञ्चालनः महानगरले मोबाइल एपमार्फत नागरिकले तत्काल प्रहरी सहयोग माग गर्न सक्ने व्यवस्था मिलाएको छ।

स्मार्ट पोस्ट प्रणालीः ट्राफिक व्यवस्थापन र सार्वजनिक सुरक्षा अनुगमनका लागि स्मार्ट ट्राफिक पोस्ट तथा अनलाइन डेटा संकलन प्रणालीको प्रयोग।

साइबर सुरक्षा अभियानः डिजिटल साक्षरतासँगै साइबर अपराध नियन्त्रणका लागि विद्यालय र कलेजहरूमा सचेतना कार्यक्रम।

४. महिला, बालबालिका र जेष्ठ नागरिकमैत्री सुरक्षा कार्यक्रम
सुरक्षाको सवालमा संवेदनशील वर्गहरू जस्तै महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको छ।

सुरक्षित महिला कक्षः बजार क्षेत्र, सार्वजनिक भवन तथा बसपार्कहरूमा विशेष महिला सहायता कक्ष स्थापना।

विद्यालय सुरक्षा कार्यक्रमः विद्यार्थीलाई सडक सुरक्षा, यौन दुव्र्यवहार विरुद्धको सचेतना, ट्राफिक नियमको ज्ञान दिन कार्यक्रमहरू सञ्चालन।

जेष्ठ नागरिक हेल्पलाइनः २४ घण्टा सञ्चालन हुने हेल्पलाइन नम्बर र हरेक वडामा जेष्ठ नागरिकका लागि प्रहरी सहकार्यकर्ता परिचालन।

५. पर्यटन क्षेत्रको विशेष सुरक्षा निगरानी
ललितपुरको सम्पदा क्षेत्र, विशेषतः पाटन दरबार स्क्वायर, खोकना, बुङमती, किर्तिपुर क्षेत्रहरूमा पर्यटकको संख्यामा वृद्धि भइरहेका बेला निम्न उपायहरू लागू गरिएको छः

पर्यटक सहायता डेस्कः पाटन दरबार क्षेत्रमा अंग्रेजी बोल्न सक्ने प्रहरी कर्मचारीसहितको सहायता केन्द्र सञ्चालन।

स्थानीय स्वयंसेवक परिचालनः युवाहरूलाई प्रशिक्षित गरी “पर्यटक सुरक्षा स्वयंसेवक“ को रुपमा परिचालन।

स्मार्ट संकेत प्रणालीः अंग्रेजी, नेपाली र चिनियाँ भाषामा सूचना पाटी र पर्यटक मार्गचित्र उपलब्ध गराउने कार्य।

६. विपद् न्यूनीकरण रणनीति
विपद् जोखिम न्यूनीकरण योजना (म्च्च्) अन्तर्गत विभिन्न सुरक्षा संरचना निर्माण गरिएको छ।

फायर हाइड्रेन्ट जडानः सम्पदा क्षेत्र र भीडभाड हुने क्षेत्रमा पानीको पहुँचका लागि फायर हाइड्रेन्ट निर्माण।

स्थानीय विपद् प्रतिकार्य टोली (ीम्ःऋ)ः प्रत्येक वडामा नागरिक स्वयंसेवकको टोली गठन गरी नियमित तालिम।

७. खुल्ला र अव्यवस्थित ठाउँमा सुरक्षा ध्यान
सार्वजनिक खुल्ला क्षेत्रहरू जस्तै टुँडिखेल, चोक, बगैंचा, खेलमैदानमा सुरक्षाको लागिः

नियमित सफाइ र अनुगमनः वन र वातावरण विभागसँग समन्वय गरेर अनधिकृत निर्माण तथा आपराधिक गतिविधि न्यूनीकरण।

सडक बत्तीको पुनः जडान र मर्मतः रातको समयमा अँध्यारो हुने क्षेत्रहरूमा ३ हजारभन्दा बढी बत्ती प्रतिस्थापन।

८. अभिलेख व्यवस्थापन र आपराधिक डेटा विश्लेषण
सुरक्षा नीतिमा तथ्यांकको प्रयोग बढाउँदै महानगरले अपराध घटाउने रणनीति अपनाएको छ।

डिजिटल अपराध तथ्यांक बैंकः प्रहरी कार्यालयहरूसँग सहकार्य गरी अपराध घट्नाको प्रकार, समय, स्थानको अभिलेख।

डेटा विश्लेषणका आधारमा गस्ती रणनीति निर्माणः समस्या देखिएको क्षेत्रमा उच्च गस्ती र सचेतना।

९. सीमा र अनधिकृत प्रवेश निगरानी
ललितपुरको सीमावर्ती क्षेत्रमा प्रवेश नियन्त्रण गर्नः

चेकपोस्ट सुदृढीकरणः महत्वपूर्ण नाकाहरूमा डिजिटल निगरानी प्रणाली।

सवारी चेकजाँच प्रविधिः सवारीको ट्र्याकिङ र अनुशासनको लागि डिजिटल प्रविष्टि प्रणाली।

१०. दीर्घकालीन नीति र बजेट समर्पण
महानगरको सुरक्षा रणनीति एकदिने योजना होइन, दीर्घकालीन हो।

वार्षिक सुरक्षा बजेट छुट्याइएकोः ँथ् २०८१÷८२ मा सुरक्षा पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा १२ करोड रुपियाँ विनियोजन।

सुरक्षा कार्यनीतिक योजना २०८५ सम्मको खाका निर्माणः बहुपक्षीय सरोकारवाला, विज्ञ र समुदायको सहभागितामा दीर्घकालीन योजना तयार।

निष्कर्ष
ललितपुर महानगरपालिकाले चालिरहेका सुरक्षा कदमहरू सम्पदाको संरक्षण, समृद्ध पर्यटन, र समावेशी नगर जीवनको आधार बनिरहेका छन्। प्रविधिको उपयोग, समुदायको सहभागिता, र दीर्घकालीन सोचले गर्दा ललितपुरले “सुरक्षित र समृद्ध सहर“ बन्ने मार्गमा गति लिएको छ। हालका प्रयासहरूलाई निरन्तरता दिने हो भने ललितपुर केवल सांस्कृतिक नगर नभएर सुरक्षित, स्मार्ट र नवप्रवर्तनयुक्त सहरको उदाहरण बन्नेछ।