neapl investment mega bank
  • गृहपृष्ठ
  • बजार विस्तारमा आक्रामक बन्दै फुटवेयर ब्रान्ड स्केचर्सदरबारमार्गमा खुल्यो स्केचर्स पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर

बजार विस्तारमा आक्रामक बन्दै फुटवेयर ब्रान्ड स्केचर्सदरबारमार्गमा खुल्यो स्केचर्स पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर

Jun 6th, 2025

काठमाडौं, जेठ २३

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्स नेपालमा आक्रामक बजार विस्तार योजनाका साथ अघि बढेको छ । कम्पनीले आजबाट काठमाडौंको दरबारमार्गमा पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ ।
हालको लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले जनाएको छ ।
उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरू सहित एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत राखिएको कम्पनीको भनाइ छ ।

नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजना अनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी समेत गरेको कम्पनीले जनाएको छ । यसका साथै, आगामी असोजभित्रै सिभिल मलमा सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

यसबारे जानकारी दिँदै कम्पनीका एमडी विश्वास थोकरले भने “नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो नेपाली ग्राहकलाई विश्वस्तरीय फुटवेयर प्रदान गर्ने हाम्रो प्रतिबद्धताको महत्वपूर्ण सुरुआत हो । साथै, आगामी असोजभित्रै सिभिल मलमा सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याउने योजनामा छौँ ।”