neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरको प्रहरी बल प्रमुख विष्णु प्रसाद जोशी

काठमाडौं महानगरको प्रहरी बल प्रमुख विष्णु प्रसाद जोशी

Jun 3rd, 2025

काठमाडौं, जेठ २०

काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् ।

राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।

उनलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखकोरुपमा कामकाज गर्न पत्र दिइएको छ । यसको बोधार्थ मेयर बालेन शाह,उपमेयर सुनिता डंगोलललाई समेत दिइएको महानगर स्रोतले जनाएको छ ।