काठमाडौं, जेठ २०
कृषिलाई नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यद्यपि आधुनिकता, शहरीकरण र प्रविधिको विकाससँगै कृषिमा आधारित समाजहरू पनि क्रमशः रूपान्तरण भैरहेका छन् । त्यस्तै एउटा रूपान्तरणको साक्षी बनेको क्षेत्र हो — ललितपुर । काठमाडौं उपत्यकाको तीन प्रमुख जिल्लामध्ये एक ललितपुर कला, संस्कृति, सम्पदा र सभ्यताको केन्द्र त हो नै, साथसाथै यस जिल्लामा कृषिको पुरानो र बलियो जरा पनि छ ।
अहिले शहरीकरणको चपेटामा परे पनि ललितपुर अझै पनि कृषि सम्भावनाले भरिएको जिल्ला हो । त्यसैले पनि ललितपुर महानगरपालिकाले स्थानीय उत्पादनमा आधारित समावेशी तथा दिगो आर्थिक विकासलाई प्रोत्साहन गर्नका लागि कृषिक्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालन गर्दै आएको छ ।
ललितपुर महानगरपालिकाका कृषि शाखा प्रमुख दिपक गिरीका अनुसार कृषकलाई तालिम प्रदान गर्न, सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु, प्रविधिमैत्री उपकरणहरूको पहुँच विस्तार गर्न तथा बजार व्यवस्थापनको व्यवस्था गर्नजस्ता कार्यहरू समावेश छन् । ती मध्ये केहि कार्यक्रमको बारेमा यहाँ चर्चा गरौं ।
कौशी खेतीलाई प्रवद्र्धन
उपयोग गरिने लक्ष्य रहेको पनि उनको भनाइ छ । यस अभियानले कृषिमा आधुनिकता भित्र्याएर उत्पादन लागत घटाउने, कृषि जनशक्तिको क्षमता बढाउने र ललितपुरलाई हरित तथा आत्मनिर्भर महानगर बनाउने अभियानमा टेवा पु¥याएको छ । कृषकलाई तालिम, आधुनिक कृषि प्रणालीतर्फ अग्रसरता ललितपुर महानगरपालिकाले कृषि क्षेत्रको सशक्तीकरण तथा आधुनिकिकरणका लागि किसानहरूलाई लक्षित गर्दै विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी तालिमहरूले कृषकहरूलाई परम्परागत खेती प्रणालीबाट बाहिर निकालेर नयाँ प्रविधिमा आधारित, व्यावसायिक र वातावरणमैत्री कृषि पद्धतितर्फ उन्मुख गराउने लक्ष्य राखिएको कृषि शाखा प्रमुख गिरी बताउँछन् ।
उनका अनुसार महानगरले वर्षेनी धेरै घरधुरीमा कौशी खेतीको सुरुवात गरिसकेको छ । योजनाअनुसार, घरमा खाली रहेका कौशीहरूलाई प्रयोग गरेर जैविक तरकारी, फलफूल तथा जडीबुटी उत्पादन गर्ने अभ्यासलाई फैलाउँदै लैजाने प्रयास भइरहेको छ । विशेष गरी विद्यालय, सामुदायिक भवन तथा सार्वजनिक कार्यालयहरूमा समेत कौशी खेतीको अभ्यास विस्तार गर्ने योजना रहेको उनी बताउँछन् । यस कार्यलाई अझ प्रभावकारी बनाउन महानगरले विभिन्न चरणमा तालिम सञ्चालन गर्दै आएको छ । कृषि शाखाको सहकार्यमा स्थानीय कृषिविज्ञ, प्राविधिक र अनुभवसिद्ध किसानहरूको सञ्जालमार्फत जनचेतना अभिवृद्धि गरिँदै आइएको उनी बताउाछन् । साथै पानीको सदुपयोग, जैविक मल बनाउने तरिका, सजीव कीटनाशक प्रयोग, मल्चिङ प्रविधि जस्ता विषयमा समेत जानकारी दिइन्छ ।
कौशी तरकारी खेतीबाट स्थानीय बासिन्दा पनि आकर्षित भएका छन् । कौशी तरकारी खेती प्रविधि निकै लोकप्रिय पनि हुँदै गएको छ । जसले गर्दा शहरका अधिकांश घरबाट कुहिने फोहोरबाट कम्पोष्ट मल बनाएर तरकारी खेतीमा सदुपयोग गर्नाले फोहोर व्यवस्थापनमा समेत सहज भएको उनको भनाइ छ । यसले विगतको लकडाउन र निषेधाज्ञाको समयमा समेत परिवारका सदस्यहरुलाई व्यस्त बनाउनुको साथै ताजा तरकारी समेत आफ्नै मिहिनेतबाट उपलब्ध भइरहेको छ । ‘स्थानीयवासीहरू पनि कौशी खेतीप्रति उत्साहित देखिएका छन् । पहिला त कौशी खाली हुन्थ्यो । अहिले भने टमाटर, भिण्डी, धनियाँ, पालुङो लगायतका तरकारीहरू घरमै फलाउँछन्,’ उनी भन्छन्, ‘यसले शहरी क्षेत्रका बासिन्दालाई कौशी तरकारी खेती गर्न उत्प्रेरित गर्नका साथै शहरको सौन्दर्य बढाउन समेत मद्दत गरेको छ ।
साथै घरबाट निस्कने फोहोर व्यवस्थापनमा समेत सघाउन पुगेको छ । कौशी खेतीबाट घरमा वर्षभरि विषादी रहित ताजा तरकारी खान पाइने भएकोले रोग नलाग्ने मात्र होइन रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ ।’
त्यसैले महानगरले सामग्री सहयोगस्वरूप बोटबिरुवा, गमला, मल, बीउ तथा प्लास्टिक टनेल वितरण गरिरहेको छ ।

कृषक फर्मलाई अनुदान
कृषि क्षेत्रको प्रवद्र्धनका लागि ललितपुर महानगरपालिकाले चालेको अर्को महत्वपूर्ण कदम हो— कृषकलाई अनुदान प्रदान गर्न । कृषकहरूको आयआर्जन वृद्धि, कृषि उत्पादनमा आत्मनिर्भरता तथा समावेशी विकास प्रवद्र्धन गर्न कृषक फार्महरूलाई लक्षित गर्दै ललितपुर महानगरले निरन्तर अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । महानगरको कृषि शाखामार्फत सञ्चालन हुँदै आएको यो अनुदान कार्यक्रमले स्थानीयस्तरमा कृषकहरूलाई व्यावसायिक कृषि उत्पादनमा लाग्न उत्प्रेरणा दिएको कृषि शाखा प्रमुख गिरी बताउँछन् । उनका अनुसार कृषि पेसालाई व्यवस्थित, आधुनिक र आयमुखी बनाउने उद्देश्यले फार्म सञ्चालन गरिरहेका किसानहरूलाई आवश्यक उपकरण, संरचना निर्माण, बीउ, मल, तालिम र प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ । विशेष गरी तरकारी, फलफूल, फूल खेती, पशुपालन, कुखुरापालन तथा मत्स्यपालनमा संलग्न फार्महरूले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिइरहेका छन् ।
शहरी तथा उपशहरी क्षेत्रमा कृषिलाई व्यावसायिक ढंगले विकास गर्नपर्ने आवश्यकता महसुस गर्दै यो कार्यक्रम अघि सारिएको उनी बताउाछन् । ‘हामी कृषकहरूको क्षमता अभिवृद्धि गर्न चाहन्छौं,’ कृषि शाखा प्रमुख गिरी भन्छन्, ‘हामीले वर्षेनी धेरै फार्महरूमा अनुदान उपलब्ध गराउँदै आएका छौं । आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।’
महानगरले कृषक फार्महरूको पहिचान, अवलोकन तथा मूल्याङ्कन गरी आवश्यकतानुसार अनुदान रकम तथा सामग्री सहयोग गरिरहेको छ । यस अनुदान कार्यक्रमअन्तर्गत प्लास्टिक टनेल, ग्रीनहाउस, सिँचाइ उपकरण, कम्पोस्ट बनाउने एकाइ, पशु बाख्रा गोठ, कुखुरा खोर लगायतका संरचना निर्माणमा सहयोग उपलब्ध गराइन्छ । महानगरको अनुदान सहयोगपछि किसानहरु पनि कृषि क्षेत्रमा आकर्षित भएका छन् । ‘किसानहरुले पहिले पहिले सानो स्केलमा खेती गर्थें,’ उनी भन्छन्, ‘महानगरको अनुदान पाएपछि ठूलो स्केलमा कृषि व्यवसाय गर्न थालेका छन् । उत्पादन बढेको छ र बजारसम्म पु¥याउने व्यवस्था पनि सहज भएको छ ।’
महानगरले अनुदान दिने क्रममा पारदर्शिता र प्रभावकारिता कायम गर्न कृषक फार्मदर्ता अनिवार्य गरेको छ । दर्ता, अनुगमन, प्रगति मूल्याङ्कन तथा प्रतिवेदनका आधारमा मात्र अनुदान प्रदान गरिन्छ । यसले अनुदानको दुरुपयोग रोक्ने र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विश्वास लिइएको उनी बताउँछन् । भन्छन्, ‘हामी कृषकलाई मुनाफामुखी उत्पादनमा लाग्न सहयोग गर्दैछौं । आधुनिक प्रविधिको प्रयोग, वातावरणमैत्री अभ्यास र बजारसम्म पहुँच दिने प्रयास पनि साथसाथै भइरहेको छ ।’
यो कार्यक्रमबाट युवाहरूलाई समेत कृषि उद्यमतर्फ आकर्षित गर्न प्रयास भइरहेको छ । महानगरले आगामी वर्षहरूदेखि कृषि बीमा, भण्डारण सेवा र व्यवस्थापनमा समेत सहजीकरण गर्ने योजना बनाएको छ । ललितपुर महानगरपालिकाको यो अनुदान कार्यक्रमले कृषकहरूमा उत्साह थप्नुका साथै स्थानीय खाद्य उत्पादन प्रणालीलाई सबल बनाउन महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

किसानहरूलाई औजार तथा उपकरण वितरण
कृषि क्षेत्रको आधुनिकीकरण र कृषकहरूको जीवनस्तर उकास्न ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस्तै एक महत्त्वपूर्ण कार्यक्रम हो—किसानहरूलाई औजार तथा उपकरण वितरण गर्ने अभियान । यस अभियानमार्फत साना तथा सीमान्त किसानहरूलाई उत्पादनमा प्रयोग हुने अत्यावश्यक कृषि उपकरणहरू निशुल्क वा अनुदानमा उपलब्ध गराइदैं आएइएको छ । प्राय किसानको २० प्रतिशत र महानगरको ८० प्रतिशतमा अनुदान दिने गरिएको छ । कृषकलाई श्रम घटाउने, प्रविधिको पहुँचमा ल्याउने, उत्पादनशीलता बढाउने र समय तथा स्रोतको बचत गर्न सहयोग पु¥याउने उदश्यले किसानहरुलाई कृषि औजार तथा उपकरण वितरण गर्दै आएको कृषि शाखा प्रमुख गिरी बताउँछन् । यस योजनाअन्तर्गत प्लास्टिक टनेल, हाते ट्र्याक्टर, सिँचाइ उपकरण, हाते स्प्रेयर, मल छर्ने यन्त्र, कम्पोस्ट बनाउने सामग्रीजस्ता औजारहरू अनुदानमा दिने गरिन्छ ।
ललितपुर महानगरले कृषकहरूलाई आधुनिक उपकरणको पहुँचमा ल्याएर उत्पादनलाई प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ । ‘हामीले कृषकलाई आत्मनिर्भर बनाउन चाहेका छौँ,’ उनी भन्छन्, ‘औजारको अभावले गर्दा उनीहरूले सामना गरिरहेको समस्यालाई कम गर्न हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ ।’ यस कार्यक्रमले विशेषगरी दैनिक श्रममा निर्भर रहेका किसानहरूको कार्यक्षमता बढाएको छ । कृषि औजार उपकरण अनुदानमा पाएपछि किसानलाई व्यवसाय गर्न धेरै सहज भएको उनी बताउँछन् । ‘पहिले कुदाल र हलमा भर पथ्र्यो । अहिले यन्त्र प्रयोग गर्दा समय र श्रम दुवै बचत भएको छ । यसले गर्दा सिकान कृषि व्यवसायमा आकर्षित भएका छन् ।’
महानगरले वितरण गर्ने उपकरणहरू छनोट गर्दा स्थानीय आवश्यकता र कृषकहरूको उत्पादनक्षेत्रको प्रकृति हेरेर निर्णय लिइने गरिएको छ । यसका लागि महानगरको कृषि शाखाले प्रत्येक वडामा सर्वेक्षण गरी योग्य किसानहरू छनोट गर्ने प्रक्रिया अपनाएको छ । साथै, औजार वितरणपछि प्रयोग र मर्मतसम्भार सम्बन्धी तालिम पनि दिइएको छ । जसले कृषकहरूलाई यन्त्र प्रयोगमा दक्ष बनाएको छ । ‘हामी उपकरण मात्रै दिएर रोकिँदैनौँ । त्यसको सही प्रयोग, मर्मत र दीर्घकालीन व्यवस्थापनका लागि समेत किसानहरूलाई प्रशिक्षित गर्दै आएका छौँ । यसले दिगो कृषि प्रणालीमा सहयोग पु¥याएको छ ।’
औजार वितरण कार्यक्रमसँगै, महानगरले कृषक फार्ममा अनुगमन पनि तीव्र पारेको छ । तालिम लिएका र उपकरण प्राप्त गरेका किसानहरूको प्रगति विवरण संकलन गरी आगामी नीति निर्माणमा उपयोग गरिने लक्ष्य रहेको पनि उनको भनाइ छ । यस अभियानले कृषिमा आधुनिकता भित्र्याएर उत्पादन लागत घटाउने, कृषि जनशक्तिको क्षमता बढाउने र ललितपुरलाई हरित तथा आत्मनिर्भर महानगर बनाउने अभियानमा टेवा पु¥याएको छ ।
कृषकलाई तालिम, आधुनिक कृषि प्रणालीतर्फ अग्रसरता ललितपुर महानगरपालिकाले कृषि क्षेत्रको सशक्तीकरण तथा आधुनिकिकरणका लागि किसानहरूलाई लक्षित गर्दै विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी तालिमहरूले कृषकहरूलाई परम्परागत खेती प्रणालीबाट बाहिर निकालेर नयाँ प्रविधिमा आधारित, व्यावसायिक र वातावरणमैत्री कृषि पद्धतितर्फ उन्मुख गराउने लक्ष्य राखिएको कृषि शाखा प्रमुख गिरी बताउँछन् ।
उनका अनुसार महानगरपालिकाले विभिन्न वडास्तरमा सञ्चालन गरेका तालिमहरूमा जैविक खेती, कीट व्यवस्थापन, कम्पोस्ट निर्माण, प्लास्टिक टनेलको उपयोग, आधुनिक सिंचाइ प्रणाली, बीउ उत्पादन, फूल खेती, तरकारी खेती, बाख्रापालन, कुखुरापालन, मत्स्यपालन, तथा कृषि बजार व्यवस्थापन लगायतका विषय समेटिएका छन् ।‘ हामी कृषि उत्पादन मात्र होइन, कृषकको सोच र सीपमा पनि परिवर्तन ल्याउन चाहन्छौं,’ उनी भन्छन्, ‘तालिममार्फत उनीहरूलाई जानकारी, ज्ञान र प्रविधि दिने काम भइरहेको छ । तालिमपछि कृषकहरूमा आत्मविश्वास बढेको छ र युवाहरू पनि कृषि उद्यममा आकर्षित भइरहेका छन् ।’ तालिम कार्यक्रमहरू प्राविधिक कृषि अधिकृत तथा विषय विशेषज्ञहरूको सहकार्यमा सञ्चालन गरिन्छ । सहभागी कृषकहरूले थ्योरीसँगै व्यवहारिक अभ्यास समेत गर्ने अवसर पाउँछन् । तालिमका क्रममा कृषकहरूलाई कृषि उपकरण प्रयोग, माटो परीक्षण, मल व्यवस्थापन, र बाली संरक्षण प्रविधिको अभ्यास गराइन्छ ।
महानगरले संचालन गरेको तालिमहरूले कृषकहरूमा जागरूकता, नवप्रवर्तनशील सोच र उत्पादनमा व्यावसायिकता ल्याएको छ । साना तथा सीमान्त किसानलाई लक्षित गरी तालिममा सहभागी हुनेको लागि आय, भू—स्वामित्व तथा अनुभवजस्ता आधारमा छनोट प्रक्रिया अपनाइन्छ । ‘हामी किसानलाई अनदान दिनु मात्रै पर्याप्त ठान्दैनौं,’ कृषि शाखा प्रमुख गिरी भन्छन्, ‘त्यसको उचित उपयोग र दीर्घकालीन फाइदाका लागि तालिम अनिवार्य बनाएका छौं ।’ महानगरको यो पहलले न केवल किसानको सीप र ज्ञानमा वृद्धि गरेको छ तर स्थानीय उत्पादनमा गुणस्तर र परिमाणमा पनि सुधार ल्याएको छ । कृषकहरूले उत्पादन मात्र होइन, बिक्री, प्याकेजिङ र ब्रान्डिङसम्मको ज्ञान पाउने भएकाले कृषि एक दिगो व्यवसायको रूपमा विकास हुँदै गएको उनको भनाइ छ ।
कृषकलाई तालिम दिने ललितपुर महानगरपालिकाको यो कार्यक्रमले कृषिमा दीर्घकालीन सुधार ल्याउने आधार बनाएको छ । सीपयुक्त, जानकार र प्रविधिसँग अभ्यस्त कृषक नै समृद्ध कृषि प्रणालीको मेरुदण्ड हुन् भन्ने सन्देश पनि यसले स्पष्ट रूपमा दिएको छ ।
प्राङ्गारिक खेतीतर्फ ललितपुर महानगरपालिका
वातावरणमैत्री र स्वास्थ्यप्रद खाद्य उत्पादनका लागि ललितपुर महानगरपालिकाले प्राङ्गारिक (जैविक) खेतीतर्फ विशेष ध्यान दिँदै आएको छ । हालैका वर्षहरूमा रासायनिक मल, विषादी र कृत्रिम तत्वहरूको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न थालेपछि महानगरले वैकल्पिक, दिगो र सुरक्षित खेती प्रणालीको रूपमा प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने नीति अपनाएको कृषि शाखा प्रमुख गिरी बताउँछन् ।
प्राङ्गारिक खेतीले माटो, पानी, वायु, बाली र मानव स्वास्थ्यलाई जोगाउँछ भन्ने विश्वासका साथ महानगरले यस क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यी कार्यक्रमअन्तर्गत कृषकलाई प्राङ्गारिक मल बनाउन तालिम, कम्पोस्ट उत्पादनका लागि सामग्री वितरण, जैविक बीउ प्रयोगको प्रवद्र्धन र बाली संरक्षणका लागि प्राकृतिक उपायहरूको प्रशिक्षण दिइँदै आएको छ । ‘हामी रासायनिक खेतीबाट हुने क्षतिलाई समयमै न्युनिकरण गर्न चाहन्छौं,’ उनी भन्छन्, ‘स्वस्थ शहरका लागि स्वस्थ उत्पादन आवश्यक छ । त्यसैले प्राङ्गारिक खेती हाम्रो नीति र प्राथमिकताको केन्द्रमा छ ।’ ललितपुरका विभिन्न वडामा स्थापित सामूहिक कृषि फार्महरूमा प्राङ्गारिक विधिको अभ्यास सुरु गरिएको छ । यस्तै, महानगरले आफ्नै पहलमा प्राङ्गारिक उत्पादन प्रमाणीकरण प्रणाली तयार गर्दैछ, जसले कृषकले उत्पादन गरेको बस्तु बजारमा ‘प्राङ्गारिक’ भनेर चिनाउन प्रमाणित गर्नेछ । यसबाट उपभोक्ताको विश्वास जित्न सजिलो हुनेछ ।
किसानहरुले पहिला मल र विषादी धेरै प्रयोग गर्थे । अहिले महानगरको तालिम र उपकरण पाएपछि कम्पोस्ट मल प्रयोग गर्न थालेका छन् । त्यसैले माटो पनि राम्रो भएको छ भने उत्पादनको स्वाद र गुणस्तरमा सुधार आएको उनी बताउँछन् ।
प्राङ्गारिक खेतीले कृषकको खर्च घटाउने, दीर्घकालीन उत्पादन सुनिश्चित गर्ने र बजारमा बढी मूल्य पाउने सम्भावना राख्दछ । यसले स्वास्थ्य, आयआर्जन र वातावरण संरक्षणको त्रिवेणी उद्देश्य पूरा गर्छ । ललितपुर महानगरपालिकाको प्राङ्गारिक खेतीप्रतिको अग्रसरता केवल खेती प्रणालीको परिवर्तन मात्र होइन, स्वास्थ्य र वातावरणप्रतिको उत्तरदायित्वप्रति प्रतिबद्धताको प्रतीक हो । यस्तो कार्यक्रमले ललितपुरलाई हरित, स्वच्छ र आत्मनिर्भर सहरको रूपमा विकास गर्न मद्दत पु¥याउने निश्चित छ ।
यसरी आधुनिक कृषि प्रविधिको प्रयोग, युवा सहभागिता, सरकारी नीति समर्थन, बजार प्रबन्धन र कृषिपर्यटनको समन्वयमार्फत ललितपुर महानगरलाई आत्मनिर्भर, समृद्ध र हरित जिल्ला बनाउने सपना पूरा गर्न सकिन्छ । कला, संस्कृति र सभ्यताको केन्द्रको रूपमा चिनिएको ललितपुर अब कृषि समृद्धिको केन्द्र बन्न सक्छ । यहाँको जमिन उब्जाउ छ, किसानको अनुभव बलियो छ, बजार नजिक छ, प्रविधि विस्तारको सम्भावना छ । यी सबैले ललितपुरलाई कृषिबाट आत्मनिर्भर र समृद्ध बनाउने शक्तिशाली आधार प्रदान गर्छन् ।
