काठमाडौं, जेठ २०
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ ।
मङ्गलवार बजार परिसूचक ३५.०७ अङ्कले घटेर २६५९.५९ अङ्कमा पुगेको हो । आज बजारमा ६ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
३४ वटा कम्पनीको मूल्य बढेको बजारमा आज २१४ कम्पनीको मूल्य घटेका छन् । बजारमा उत्पादनमूलक र म्युचुअल फण्डबाहेक सबै समूहगत सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट बैङ्किङ र होटेल क्षेत्रमा २ प्रतिशत भन्दा धेरै भएको छ ।
सरकारले बजेट ल्याएपछि आइतबार पहिलोपटक बजारमा कारोबार भएको थियो । सो दिन स्थिर रहेको बजार आज उच्च अङ्कले घट्न पुगेको हो ।