neapl investment mega bank

सहकारी ठगी मुद्दामा एमाले नेता पक्राउ

May 22nd, 2025

काठमाडौं, जेठ ८

काठमाडौंको दिगो पर्यटन सहकारी संस्थाको ऋण नतिरी ठगी गरेको मुद्दामा प्रहरीले नेकपा (एमाले) का नेता कृष्णकुमार अर्याललाई पक्राउ गरेको छ।

उनी एमालेको गैरभौगोलिक अन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको सदस्य हुन्। उद्योग व्यवसाय विशेष जिल्लाबाट उनले उक्त कमिटीमा प्रतिनिधित्व गरेको एमालेले बताएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई २०८२ जेठ ५ गते एक वर्ष कैद र ११ लाख ५० हजार बिगो भराउन आदेश दिएको थियो।

उक्त आदेशको कार्यान्वयन गर्न प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी काजीकुमार आचार्यले जानकारी दिए।